जापानमा तीन दशक यता वर्षाका कारण१५७ जनाले ज्यान गुमाए

जापानमा तीन दशक यता वर्षाका कारण१५७ जनाले ज्यान गुमाए

जापानमा तीन दशक यता वर्षाका कारण१५७ जनाले ज्यान गुमाए

by | २७ असार २०७५, बुधबार ०२:११ | अन्तर्राष्ट्रिय समाचार | 0 comments

टोकियो– पश्चिमी जापानको विभिन्न स्थानहरुमा भारी बर्षाका कारण गत विहिबारदेखि आएको बाढि र पहिरोमा परि मंगलबार साँझसम्ममा  वर्षाका कारण१५७ जनाले ज्यान गुमाएको सरकारी समाचार संस्था एनएचकेले जनाएको छ । बाढि पहिरोमा परि हराइरहेको थप ५६ व्यक्तिहरुको खोजी कार्य जारि राखिएको समाचारमा उल्लेख छ ।

हिरोसिमा प्रिफेक्चर सबैभन्दा धेरै प्रभावित बनेको छ भने हिरोसिमासंगै एहिमे, ओकायामा, ओशाका, सिगा, ह्योगो, यामागुची, कोची तथाफुकुओका लगायतका १९ वटा प्रिफेक्चरका वासिन्दाहरु प्रभावित बनेका छन् । मृतकहरु विभिन्न १२ प्रिफेक्चरका रहेका छन् । सबैभन्दा धेरै मृतकहरु हिरोसिमाका रहेको र उनीहरुको संख्या ५८ रहेको बताइएको छ ।

प्रभावित सबै स्थानहरुमा हराइरहेकाहरुको खोजी कार्य तथा उद्धारका कार्यहरु भैरहेका छन् । थुप्रै इलाकाको सर–सफाईपछि मृतकको संख्यामा थप वृद्धि हुने आशंका छ । अधिकारीहरुका अनुसार खोज र बचाउ अभियानमा ७३ हजार उद्दारकर्मी तैनाथ गरिएको छ ।

विहिबारदेखि लगातार भएको बर्षा भने धेरै स्थानमा रोकिएको छ । जापानमा तीन दशक यता वर्षाका कारण यति ठूलो संख्यामा मानिसको मृत्यु भएको यो पहिलो पटक हो । सन् १९८२ मा नागासाकीमा गएको बाढि पहिरोमा परि २९९ जनाले ज्यान गुमाएका थिए । त्यस्तै सन् २०१४ अगस्त महिनामा हिरोसिमा प्रिफेक्चरमा भारी बर्षापश्चाच आएको बाढि र पहिरोमा परि ७७ जनाले ज्यान गुमाएका थिए ।

HTML Comment Box is loading comments...

१४ मिटर अग्ला छालसँगै सुपर ताइफुन माङ्कुट हङकङमा

निबार राती ठूलो क्षति नभए आइतबार क्षति पुग्न सक्ने अनुमानसहित सरकारी विभागहरु आपतकालीन उद्दारका लागि तयारी अवस्थामा रहेका छन्। सर्वसाधारणलाई घर बाहिर ननिस्कन र झ्याल ढोका बलियो गरि लगाउन अनुरोध गरिएको छ। आइतबार अपरान्ह समुद्रमा १४ मिटर अग्लो छाल आउन सक्ने चेतावनी दिँदै समुद्रको छेउमा नजान अनुरोध गरिएको छ।

अफ्रिकी देश कङ्गोमा विकास-निर्माणमा व्यस्त नेपाली सेना

२१औँ डफ्फाको कार्यवधि समाप्तिको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै गुल्मपति प्रमुख सेनानी दिव्यराज प्रसाईंले २१औँ टोलीले महत्वपूर्ण परियोजनामध्ये १८ किलोमिटर लामो छावि–काकुका सडक निर्माण सम्पन्न गरेको तथा १८ किमी लामो कामान्गो–सिमिलिकी सडक र ४२ किमी लामो बोगोरो–अभेवा सडकको दोस्रो खण्डको पुनःस्थापना कार्य जारी रहेको बताए।

अपहरणकर्तासँग प्रेम गरेर ज्यान बचाउने मोडल एलिंग

मोडल क्लोए एलिंगलाई गत वर्ष इटलीमा ६ दिनसम्म बन्धक बनाएर राखिएको थियो। तर जव उनी बेलायत फर्किन् तब उनको भनाइप्रति धेरैले शंका गरे। उनले बीबीसीको भिक्टोरिया डर्बिशर कार्यक्रममा आफ्नो पूरै कहानी सुनाइन् र आफ्नो भनाइमा शंका गर्नेलाई कडा जवाफ दिइन्।

किम जोङ–उनसँगको वार्ताबाट यसकारण पछि हटे डोनाल्ड ट्रम्प

बाल्टनले कहिल्यै पनि उत्तर कोरियासँग डिप्लोमेटिक प्रक्रियालाई गम्भीरतापूर्वक दिएका लिएनन्। राष्ट्रिय सुरक्षा सल्लाकारको पद सम्हाल्नु पहिला एक नागरिकका रुपमा जन बाल्टनले ट्रम्पले किम जोङ उनसँग भेटवार्ता गर्ने विषयमा पनि प्रश्न उठाएका थिए। बाल्टनले भनेका थिए, ‘वार्ताबाट सकारात्मक परिणाम निस्किँदैन। बरु सो वार्तामा अमेरिकाको बहुमुल्य समय बर्वाद हुन्छ।’

रोनाल्डो र मेसी आईएसको निसानामा, शरीरबाट टाउको अलग पर्ने आईएसको धम्की

लोन वुल्फ, आक्रमण गर्ने व्यक्ति  चक्कू, ग्रिनेट जस्ता साना हतियार आफूसँग राख्छ।
यसैगरी बेला बेलामा ट्रक र भ्यानले मानिसलाई किचेर पनि हत्या गरिन्छ।
लोन वुल्फ आक्रमणमा कयौं पटक सानो समूहले पनि आतंक मच्याउँछ।
आईएस आतंकवादी प्राय आक्रमण गर्छन। आईएसले कयौं देशमा लोन वुल्फ आक्रमणमाक्रत हमरा गरेको छ।

CONTACT US FOR ADVERTISE

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *