जापानमा तीन दशक यता वर्षाका कारण१५७ जनाले ज्यान गुमाए

जापानमा तीन दशक यता वर्षाका कारण१५७ जनाले ज्यान गुमाए

जापानमा तीन दशक यता वर्षाका कारण१५७ जनाले ज्यान गुमाए

by | २७ असार २०७५, बुधबार ०२:११ | अन्तर्राष्ट्रिय समाचार | 0 comments

टोकियो– पश्चिमी जापानको विभिन्न स्थानहरुमा भारी बर्षाका कारण गत विहिबारदेखि आएको बाढि र पहिरोमा परि मंगलबार साँझसम्ममा  वर्षाका कारण१५७ जनाले ज्यान गुमाएको सरकारी समाचार संस्था एनएचकेले जनाएको छ । बाढि पहिरोमा परि हराइरहेको थप ५६ व्यक्तिहरुको खोजी कार्य जारि राखिएको समाचारमा उल्लेख छ ।

हिरोसिमा प्रिफेक्चर सबैभन्दा धेरै प्रभावित बनेको छ भने हिरोसिमासंगै एहिमे, ओकायामा, ओशाका, सिगा, ह्योगो, यामागुची, कोची तथाफुकुओका लगायतका १९ वटा प्रिफेक्चरका वासिन्दाहरु प्रभावित बनेका छन् । मृतकहरु विभिन्न १२ प्रिफेक्चरका रहेका छन् । सबैभन्दा धेरै मृतकहरु हिरोसिमाका रहेको र उनीहरुको संख्या ५८ रहेको बताइएको छ ।

प्रभावित सबै स्थानहरुमा हराइरहेकाहरुको खोजी कार्य तथा उद्धारका कार्यहरु भैरहेका छन् । थुप्रै इलाकाको सर–सफाईपछि मृतकको संख्यामा थप वृद्धि हुने आशंका छ । अधिकारीहरुका अनुसार खोज र बचाउ अभियानमा ७३ हजार उद्दारकर्मी तैनाथ गरिएको छ ।

विहिबारदेखि लगातार भएको बर्षा भने धेरै स्थानमा रोकिएको छ । जापानमा तीन दशक यता वर्षाका कारण यति ठूलो संख्यामा मानिसको मृत्यु भएको यो पहिलो पटक हो । सन् १९८२ मा नागासाकीमा गएको बाढि पहिरोमा परि २९९ जनाले ज्यान गुमाएका थिए । त्यस्तै सन् २०१४ अगस्त महिनामा हिरोसिमा प्रिफेक्चरमा भारी बर्षापश्चाच आएको बाढि र पहिरोमा परि ७७ जनाले ज्यान गुमाएका थिए ।

HTML Comment Box is loading comments...

चीनले आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ।

अविरल बर्षाको कारण तराई र मधेशमा भएकोल ठुलो धनजनको क्षतिलाई चीनले आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ।

CONTACT US FOR ADVERTISE

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *