वराह ज्वलर्स हङ्कङले २४ औ बर्षगाठ हङकङमा भव्यतरकासाथ मनाएकोछ ।

वराह ज्वलर्स हङ्कङले २४ औ बर्षगाठ हङकङमा भव्यतरकासाथ मनाएकोछ ।

by | २ श्रावण २०७५, बुधबार ०१:१५ | हङकङ डायरी | 0 comments

बराह ज्वेलर्स ईन्डष्ट्रिज प्रा.लि. २३ बर्ष पुरा भएर सफलताको २४ औ बर्ष पुगेको शुभ अवसरमा हङकङ साखाले २४ औ बार्षिकोत्सव भब्य रुपले मनाएको छ ।

गत आइतबार साँझ याउमा तेई स्थित कम्युनिटीहलमा मनाइएको बार्षिकोत्सवमा विभिन्न संघ संस्थाका अगुवा, ब्यापारी, ग्राहकहरु र शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । बराह हङकङ साखाकी निर्देशक रिना राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाल चेम्बर्स अफ कर्मसका अध्यक्ष डासुराम पराजुली, विशेष अतिथी तुलसी गुरुङ्, अतिथीहरु एनआरएनए अध्यक्ष टिका गुरुङ्, हङकङ नेपाली महासंघ अध्यक्ष रीता गुरुङ, सहारा क्लव हङकङ अध्यक्ष दिपक गुरुङ लगायत विभिन्न संस्थाहरुका प्रतिनिधीहरुले संयुक्तरुपमा केक काटेर बराहको २४औ बर्षगाँठको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बराहले गरेको संघर्ष, सफलता र कार्यक्षेत्र समेटिएको श्रब्य दृष्य समेत देखाईएको थियो । लक्की ड्र मा वितरण गरिएको आकर्षक गिफ्ट ह्यापर र सुनको औठीले कार्यक्रमलाई थप रोचक बनायो ।

“नुन देखि सुन सम्म” भन्ने स्लोगनलाई आत्मसाथ गर्दै बराहले काठमाडौ, धरान, पोखरा, चितवन हुदै हङकङ, युके, दुबईसम्म आफ्नो साखाहरु सन्चालन गरिरहेको छ । बराहले सुन र गरगहना आयत निर्यात लगायत मौलिक संस्कृतिको संरक्षण र सम्बर्द्धन, कृषि, शिक्षा, सङ्गित, स्वस्थ्य, बैंकिङ, पशुपालन, यातायात लगायतका क्षेत्रमा लगानी गरि डाईभर्सिटी नीति अपनाएको छ । यसका अलावा सामाजिक र परोपकारी क्षेत्रमा समेत उल्लेख्य योगदान दिदै आएको छ।

बराहले नेपालमै पहिलोपटक ललितपुरको पाटन र दुबईमा सुनको गरगहना र प्रसोधन गर्ने फ्याक्ट्रीको स्थापना गरेको छ । नेपालभरि र संसारैभरि नेपाली हात सीप र कौशलले बनेका गरगहना सुफत मुल्यमा प्रदान गर्ने लक्ष्यको साथ अगाडी बढिरहेको बराहले हाल सम्म देश बिदेश गरि झन्डै ९०० को संख्यामा रोजगारी प्रदान गरिरहेको छ ।

भोजपुरको बिकट गाउँ बाट धरान झरेर आफ्नै बुताले थोरै लगानी मार्फत २४ बर्ष अगाडी ब्याबसाय सञ्चालन सुरु गरेका ईन्द्र लामिछाने बिक सफलताको छलाङ मारिरहेकै बखत ६ बर्ष अगाडि रहस्यमय ढंगले हङकङमा मृत्यु भए पछि उनका छोरा शिव लामिछानेले नेतृत्व सम्हाल्दै आएका हुन् ।

डाईभर्सिटी ब्याबसाय सञ्चालन गरे पनि ज्वेलरी नै प्रमुख ब्याबसाय भएकोे बराह, उद्योगकोरुपमा स्थापित पहिलो ज्वेलरी कम्पनी भएको दाबी गरिएको छ ।

तस्बिर : मज्जाको राई 

HTML Comment Box is loading comments...

Local Business Column

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *