सडक र सदनबाट दबाव दिने रणनीति उपयोग गर्ने : कांग्रेस

सडक र सदनबाट दबाव दिने रणनीति उपयोग गर्ने  : कांग्रेस

सडक र सदनबाट दबाव दिने रणनीति उपयोग गर्ने : कांग्रेस

by | २ श्रावण २०७५, बुधबार २३:५१ | राजनिति | 0 comments

काठमाडौं।

पछिल्लो समय सरकारप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले संसदमा  पेश गर्ने तयारी गरेकाे  चिकित्सा शिक्षा विधेयक अगाडि बढाउन खोजे संसद अवरोध गर्ने चेतावनी दिएको छ। यसअघि पनि कांग्रेसले उक्त विधेयक फिर्ता नदिएसम्म संसद चल्न नदिने भन्दै अवरोध गरेको थियो।

कांग्रेसले मंगलबार मात्रै सडक आन्दोलनकोे घोषणा गरेको थियो। सडक आन्दोलनको घोषण गरेको कांग्रेसलेअब सडक र सदनलाई उपयोग गर्ने रणनीति लिएको छ। बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लामा अनशनरत डा. गोविन्द केसीको माग पूरा गर्न सरकालाई दबाव दिने निर्णय गरेको हो।

मंगलबार प्रधानमन्त्री केपी ओलीले सरकारलाई चौतर्फी घेराबन्दीमा पर्दासमेत आफ्नो नेता तथा कार्यकर्ताले प्रतिवाद नगरेको गुनासो गरेको भोलिपल्ट प्रमुख प्रतिपक्षले सडक र सदनमाफर्त सरकारलाई दबाव दिने रणनीति बनाएको हो। यसैगरी कांग्रेसले डा. केसीको समर्थनमा चिकित्सक संघले गर्ने आन्दोलनलाई पनि समर्थन गर्ने निर्णय गरेको छ। प्रतिनिधिसभाको बैठक बिहीबारकालागि बोलाइएको छ। बैठकमा चिकित्सा शिक्षा विधेयकलाई संसदमा पेश गर्ने सरकारको तयारी छ।

सोमबारको बैठकको कार्यसूचीमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद गगनकुमार थापा, प्रेम सुवाल,सरिता गिरीले प्रस्तुत गरेको विरोधको सुचनालाई निणयार्थ पेश गर्ने कार्यतालिका थियो ।

मगलबार काँग्रेसले केन्द्र र प्रदेश सरकारका केही क्रियाकलापप्रति असहमति राख्दै यही साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो।

काँग्रेसले सत्ता पक्षले संघीय संसद् र प्रदेश सभाका सभामुख र उपसभामुख अलग अलग दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाको उल्लंघन गरेको, सरकारमा संघीय व्यवस्थाको भावना विपरीत अधिकारको केन्द्रीकरण गरेको, शक्ति पृथकीकरणको सिद्धान्त विपरीत स्वतन्त्र न्यायालयप्रति प्रस्तुत भएको र संवैधानिक निकायलाई कार्यकारीको छायामा राख्ने जस्ता प्रवृत्ति प्रकट भएको आरोप लगाएको छ।

HTML Comment Box is loading comments...

भोकै बस्ने डाक्टर केसी, फाइदा खोज्ने प्रतिपक्ष ?

डा. केसीको जीवन रक्षाको माग राख्दै नागरिक समाज पनि आन्दोलित भएको छ। केसीका माग पूरा गर्न चौतर्फी दबाव बढेको छ। तर सरकारले भने केसीसँग वार्ताका लागि तयारी गरेको छैन। शनिबार शिक्षा सचिवले डा. केसीलाई बिना शर्त वार्तामा आउन आग्रह सहितको विज्ञप्ति जारी गरे। त्यसबाहेक उनीसँग वार्ताका लागि ठोस प्रयास भएका छैनन्।केसीसँग वार्ता गर्दा कतिसम्म लचक हुने भन्ने विषयमा सरकार अहिलेसम्म स्पष्ट छैन। ‘वार्ताका लागि वार्ता गर्ने हो भने ठिकै छ नत्र केसीसँग वार्ता गर्दा कुन कुन र कति विषयमा लचक हुने भन्नेमा सरकार स्पष्ट छैन,’ शिक्षा मन्त्री निटक स्रोतले भन्यो, ‘पहिला वार्ताका लागि कतिसम्म लचक हुने भन्ने विषय स्पष्ट भएपछि वार्ताको ठोस पहल हुन्छ।’

फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुनेगरि प्रतिनिधिसभा नियमावली बहुमतले पारित ।

नियमावलीमा १० वटा समितिको व्यवस्था गरिएको छ। त्यसैगरी प्रधानमन्त्रीले महिनामा २ पटक सांसदहरुले उठाएको प्रश्नको जवाफ संसदमा अनिवार्य दिनुपर्ने व्यवस्था पनि गरिएको छ । त्यसैगरी सांसदहरुले शुन्य र विशेष समयमा उठाएका प्रश्नको जवाफ विभागीय मन्त्रीहरुले ५ दिन पनि दिनुपर्ने बाध्यकारी व्यवस्था पनि नियमावलीमा गरिएको छ।

एमाले र माओवादी केन्द्रबीच एकता, नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’

एकीकृत पार्टीको स्थायी समिति ४५ सदस्यीय रहनेछ। सो समितिमा एमालेका २६ र माओवादी केन्द्रका तर्फबाट १९ जना रहनेछन्। केन्द्रीय समिति ४४१ सदस्यीय हुनेछ। सो समितिमा एमालेका २४१ र माओवादी केन्द्रतर्फबाट २०० जना सहभागी हुनेछन्। वाम गठबन्धन हुँदै पार्टी एकताको प्रक्रिया अगाडि बढाएका एमाले र माओवादी दुवै पार्टी विघटन गरेर नयाँ पार्टी गठन गरिएको हो।

पार्टी एकतापछि नेपाल राष्ट्र झन् शक्तिशाली भएर समृद्धिको यात्रामा अगाडि बढ्नेछ- प्रचण्ड

उहाँले भन्नुभयो, “पार्टी एकतापछि नेपाल राष्ट्र झन् शक्तिशाली भएर समृद्धिको यात्रामा अगाडि बढ्नेछ, हामी एमाले र माओवादी केन्द्र विघटन गरेर नयाँ पार्टी निर्माणको चरणमा छौँ, पुरानो आग्रह र पूर्वाग्रहबाट मुक्त भई नयाँमा रुपान्तरण हुन आवश्यक छ ।” अध्यक्ष दाहालले एमालेसँगको एकतामा एकाध बाहेक सबै कम्युनिष्ट केन्द्रित हुन आइपुग्ने अवस्था आउने पनि बताउनुभयो ।

CONTACT US FOR ADVERTISE

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *