भोकै बस्ने डाक्टर केसी, फाइदा खोज्ने प्रतिपक्ष ?

भोकै बस्ने डाक्टर केसी, फाइदा खोज्ने प्रतिपक्ष ?

भोकै बस्ने डाक्टर केसी, फाइदा खोज्ने प्रतिपक्ष ?

by | ६ श्रावण २०७५, आईतवार १९:१९ | राजनिति | 0 comments

काठमाडौं। चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा. गोविन्द केसी अनशन बसेको आज २३ दिन भएको छ। जुम्लामा अनशन सुरु गरेको २० दिनमा सरकारले केसीलाई उपचारकालागि भन्दै काठमाडौं ल्याएको थियो। शिक्षण अस्पताल महाराजगंजमा ल्याइएका केसीले अनशन जारी राखेका छन् र आज अनशनको २३ औं दिन हो।

चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशनरत केसीको समर्थनमा राजधानीमा दैनिकजसो प्रदर्शन हुन थालेका छन्। शनिबार राजधानीमा केसीको समर्थनमा विद्वत् वर्ग नै सडकमा उत्रिए। नागरिक समाजको व्यानरमा उनीहरुले शनिबार राजधानीमा प्रदर्शन गर्नुका साथै केसीको मागप्रति ऐक्यबद्धतासमेत जनाए।

डा. केसीको जीवन रक्षाको माग राख्दै नागरिक समाज पनि आन्दोलित भएको छ। केसीका माग पूरा गर्न चौतर्फी दबाव बढेको छ। तर सरकारले भने केसीसँग वार्ताका लागि तयारी गरेको छैन। शनिबार शिक्षा सचिवले डा. केसीलाई बिना शर्त वार्तामा आउन आग्रह सहितको विज्ञप्ति जारी गरे। त्यसबाहेक उनीसँग वार्ताका लागि ठोस प्रयास भएका छैनन्।

केसीसँग वार्ता गर्दा कतिसम्म लचक हुने भन्ने विषयमा सरकार अहिलेसम्म स्पष्ट छैन। ‘वार्ताका लागि वार्ता गर्ने हो भने ठिकै छ नत्र केसीसँग वार्ता गर्दा कुन कुन र कति विषयमा लचक हुने भन्नेमा सरकार स्पष्ट छैन,’ शिक्षा मन्त्री निटक स्रोतले भन्यो, ‘पहिला वार्ताका लागि कतिसम्म लचक हुने भन्ने विषय स्पष्ट भएपछि वार्ताको ठोस पहल हुन्छ।’

डा. केसीले अघिल्लो सरकारले ल्याएको अध्यादेशलाई जस्ताको त्यस्तै विधेयकमा ल्याउनुपर्ने अडानमा छन्। तर सरकारले अध्यादेशमा भएका पाँच वटा विषयलाई परिवर्तन गरेको छ। जुन विषयमा डा. केसीले आपत्ति जनाउँदै आएका छन् । अघिल्लो सरकारले जारी गरेको ‘चिकित्सा शिक्षा अध्यादेश २०७४’मा भएका तलका ५ कुरालाई अहिले संसदमा पेश गरिएको ‘चिकित्सा शिक्षा विधेयक २०७५’ मा परिवर्तन गरिएको छ । यो विधेयक जारी भएसँगै अध्यादेश खारेज हुनेछ र विधेयकले ऐनको रुप लिनेछ ।

 

१. अध्यादेशमा काठमाडौं उपत्यकाभित्र १० वर्षसम्म मेडिकल कलेजलाई सम्बन्धन दिन नपाइने व्यवस्था भएकोमा विधेयकमा त्यो व्यवस्था हटाइएको छ ।

२. अध्यादेशले चिकित्सा शिक्षा भन्नाले स्वास्थ्य पेशा सम्बन्धी सबै विधा र तहका शिक्षा (हेल्थ प्राफेसनल एजुकेशन) भनेकोमा विधेयकमा चिकित्सा शिक्षा भन्नाले स्वास्थ्य पेशा सम्बन्धी स्नातक र सोभन्दा माथिल्लो तहका शिक्षा (हेल्थ प्राफेसनल एजुकेशन) भनिएको छ । नयाँ परिभाषाअनुसार सिएमए, अनमी, ल्याब असिस्टेन्ट, एचए, प्रमाणपत्र तहको नर्सिङ लगायत सिटिइभिटीबाट संचालन हुने अधिकांश स्वास्थ्य शिक्षा चिकित्सा शिक्षा भित्र पर्दैनन् ।

३. अध्यादेशमा मेडिकल कलेज खोल्नको लागि आशय पत्र लिने समयमै आफ्नै अस्पताल पूर्ण रुपमा संचालन भएको हुनुपर्ने व्यवस्था भएकोमा विधेयकमा पूर्ण रुपमा संचालन भएको अस्पताल उपलब्ध भए मात्र (भाडाको भए पनि) आशय पत्र पाउने व्यवस्था गरिएको छ । अध्यादेशमा सम्बन्धन पाउन आफ्नै अस्पताल कम्तीमा तीन वर्षसम्म पूर्ण रुपमा संचालन भइरहेको हुनुपर्नेमा विधेयकमा अस्पताल भर्खरै पूर्ण रुपमा संचालन भएको भए मात्र पुग्ने व्यवस्था छ ।

४. अध्यादेशमा सार्वजनिक मेडिकल कलेजले आफ्नो कूल सिटको ७५ प्रतिशत अनिवार्य छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरेकोमा विधेयकमा त्यो व्यवस्था हटाइएको छ ।

५. अध्यादेशमा एक विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने व्यवस्था रहेकोमा विधेयकमा सो व्यवस्था हटाइ जति पनि मेडिकल कलेजलाई सम्बन्धन दिन मिल्ने बनाइएको छ ।

 

डा. केसी अनसन बस्नुको मुख्य कारण नयाँ विधेयकमा गरिएका यिनै ५ कुराको संशोधन हो । यी कुराहरु संशोधन नगरी पुरानै अध्यादेशलाई विधेयकको रुपमा ल्याउनुपर्ने उनको माग छ । यी कुराहरु पहिलेको अध्यादेशमा भएजस्तै जस्ताको तस्तै पारित गर्दा देशलाई के घाटा हुन्छ ? भन्ने कुरा सरकारले अहिलेसम्म प्रस्ट भनेको छैन । यस विषयमा डा. केसीका आफ्नै तर्क छन् र अर्को पक्षका पनि आफ्नै तर्क छन् । तर पछिल्लो समय विवाद डा. केसी र सरकारको नभइ यो विषयलाई अत्याधिक राजनीतिकरण गरिएको छ ।

डा. केसीको बुइ चढेर आफ्नो दुनो सोझ्याउने प्रयासमा धेरैथरी लागेका छन् । केसीको बैशाखीमा उभिने प्रयास सबैभन्दा बढी कांग्रेसले गरेको छ । अहिले डाक्टर केसीको माग पूरा गर्नैपर्ने मागसहित कांग्रेस सडकमा उत्रिएको छ । तर, प्रस्ट छ कांग्रेसलाई डा. केसीको माग पूरा गराउनुमा कुनै चासो छैन । ऊ त डाक्टरको बुइ चढेर आफ्नो राजनीतिक धरातल बलियो बनाउने प्रयास गर्दैछ । राजनीतिमा आफू बलियो हुन डाक्टरलाई प्रयोग गर्दैछ ।

इतिहास साक्षी छ डा. गोविन्द केसीलाई सबैभन्दा धेरै पटक अनसन बस्न बाध्य पार्ने कांग्रेस नै हो । अहिले डाक्टर केसीको माग पूरा हुनै पर्ने अडान राख्ने कांग्रेसका नेता गगन थापा स्वास्थ्य मन्त्री भएकै बेला डा. केसी अनसन बसेका थिए । तर, माग पूरा नगरिएका कारण नै उनी अहिले फेरि अनशन बस्नु परेको छ । कांग्रेसका पूर्व सभापति सुशील कोइराला प्रधानमन्त्री भएका बेला पनि डा. केसी अनसन बसेका थिए । अहिले सडक तताउने बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पनि डा. केसी अनसन बसेका थिए ।

डा. केसी अहिले १५ औं पटक अनसन बस्दैछन् । यसअघिका १४ अनसनमध्ये उनी एक पटक मात्र एमाले नेतृत्वको सरकार भएको बेला अनसन बसेका थिए । डा. केसीले अनसन डा. बाबुरा भट्टराई प्रधानमन्त्री भएका बेला सुरु गरेका हुन् । डा. भट्टराई प्रधानमन्त्री हुँदा डा. केसी २ पटकसम्म अनसन बसे तर माग पूरा भएनन् । त्यसपछि खिलराज रेग्मी कार्यकारी हुँदा पनि डा. केसी अनसन बसे । जननिर्वाचित सरकार नभएकोले रेग्मी सरकारले नीतिगत निर्णय गर्न सक्ने अवस्था रहेन । त्यसपछि सुशील कोइराला प्रधानमन्त्री हुँदा पनि डा. केसी अनसन बसे । कोइरालापछि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला डा. केसी आठौं पटक अनसन बसेका थिए ।

आठौं अनसनका बेला डा. केसीको माग पूरा गराउने सहमति केपी ओली सरकारले गरेको भए पनि ओलीले ती माग पूरा गराउन सक्ने अवस्था नै रहेन किनकि डा. केसीले अनसन तोडेको ११ दिनमै संसदमा अविश्वासको प्रस्ताव दर्ता गरिएको विषयमा प्रधानमन्त्री ओलीले राजीनामा दिए । त्यसपछि कांग्रेस समर्थनमा प्रचण्ड प्रधानमन्त्री बने, त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए । यी दुई प्रधानमन्त्रीको कार्यकालमा डा. केसी थप ६ पटक अनसन बसे । तर, माग कहिल्यै पूरा भएन । अहिले डा. केसीको १५ औं अनसन चलिरहँदा कांग्रेस जमिनबाट २ हात माथि बुरुक्क उफ्रिँदै डा. केसी पक्षधर भएर लागेको छ ।

यहाँ अहिलेको सरकारले जे गरिरहेको छ त्यो ठिक छ भन्न खोजिएको होइन । डा. केसीका माग नाजायज छन् भन्न खोजिएको पनि होइन । भन्न खोजिएको त यत्ति हो डा. केसी यसअघि १४ पटक अनसन बस्दा पनि उनका माग नाजायज थिएनन् । डा. केसीको पहिलो र दोस्रो अनसनका बेला पनि उनले मेडिकल कलेजको मनपरी सम्बन्धन रोक्नुपर्ने आवाज उठाएका थिए । उतिबेला आफैं प्रधानमन्त्री हुँदा डा. केसीको माग सम्बोधन नगर्ने बाबुराम भट्टराईले अहिले कुन मुखले र कुन नियतले डा. केसीको पक्षमा सडक तताउँदैछन् ?

डा. केसी सबैभन्दा धेरै पटक अनशन कांग्रेस नेतृत्वको वा कांग्रेस सहभागी सरकार भएका बेला बसेका छन् । उतिबेला डा. केसीका माग सम्बोधन नगर्ने कांग्रेसको अहिले डा. केसीको पक्षमा आन्दोलन गर्ने नैतिक धरातल कहाँबाट आयो । कुन स्वार्थ र नियतले कांग्रेसीहरु अहिले सडकमा छन् ? विद्वत वर्ग र नागरिक समाजको आन्दोलन चलिरहेका बेला उनीहरुजस्तै सडकमा उत्रिँदा उनीहरुकै हैसियतमा पुग्छौं भन्ने भ्रम कांग्रेसजनले पालेका छन् भने यो भ्रमबाट बाहिर निस्किएकै राम्रो । किनकि बौद्धिक वर्गको जुन उँचो सामाजिक प्रतिष्ठा छ त्यो प्रतिष्ठा पार्टीका झोलेको हुनु मुस्किल छ ।

कांग्रेसलगायतका प्रतिपक्षीहरु जो अहिले डा. केसीको विषयमा उफ्रिरहेका छन् ती सबै आफ्नै दुनो सोझ्याउन उद्यत छन् । अर्कोतर्फ सरकार समेत डा. केसीसँग वार्ताको विषयमा एजेण्डा नै नबनाउने र औपचारिक प्रस्तावसमेत नपठाइ उनको ज्यानै लिन उद्यत देखिन्छ । सत्तापक्ष र प्रतिपक्षको आ–आफ्नै स्वार्थमा डा. केसीजस्ता निष्ठावान व्यक्तिको जीवन दाउमा राखिएको छ । डा. केसीका माग जायज छन् वा छैनन् यो सम्बन्धित विज्ञले सबैभन्दा राम्रोसँग व्याख्या गर्न सक्छन् । विज्ञबाट यसको व्याख्या गराइनै पर्छ । यदि उनी सही छन् भने उनको माग पूरा हुनै पर्छ, सरकार पछि हट्नै पर्छ ।

सबैभन्दा ठूलो कुरा त डा. केसीको जीवनरक्षा हुनै पर्छ । अहिले कांग्रेससहितका प्रतिपक्षीले डा. केसीको जीवन नै धरापमा पार्दै उनको ‘चिता’को आगोमा आफ्नो राजनैतिक रोटी सेक्ने दुष्प्रयास गरिरहेका छन् । उनीहरुको त्यो रोटी सेक्ने हात त्यही आगोमा झोसेर जलाइदिनुपर्छ । अनि सरकारले सीमित व्यापारीको फाइदाको लागि यो विधेयक ल्याएको हो भने सरकारले यसो गर्न पाउँदै पाउँदैन । सरकारले तत्काल डा. केसीको माग पूरा गर्नुपर्छ । बहुमत छ भन्दैमा सरकारलाई तानाशाही बन्ने छुट संसारमा कहिँ पनि छैन । संसारमा निरंकुश तानाशाहहरु पतन भएका इतिहास धेरै छन् ।

१४ मिटर अग्ला छालसँगै सुपर ताइफुन माङ्कुट हङकङमा

निबार राती ठूलो क्षति नभए आइतबार क्षति पुग्न सक्ने अनुमानसहित सरकारी विभागहरु आपतकालीन उद्दारका लागि तयारी अवस्थामा रहेका छन्। सर्वसाधारणलाई घर बाहिर ननिस्कन र झ्याल ढोका बलियो गरि लगाउन अनुरोध गरिएको छ। आइतबार अपरान्ह समुद्रमा १४ मिटर अग्लो छाल आउन सक्ने चेतावनी दिँदै समुद्रको छेउमा नजान अनुरोध गरिएको छ।

HTML Comment Box is loading comments...

CONTACT US FOR ADVERTISE

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *