आधुनिक सहर हङकङमा सांस्कृतिक रौनकतासंगै साम्याङफुङ कार्यक्रम ।

आधुनिक सहर हङकङमा सांस्कृतिक रौनकतासंगै साम्याङफुङ कार्यक्रम ।

by | ६ श्रावण २०७५, आईतवार २२:३४ | कला / संस्कृति, हङकङ डायरी | 0 comments

२१ जुलाई २०१८ हङकङ

ङकङमा साम्याङफुङ साँझ -५ भब्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रम समुहको रुपमा मात्र भएरपनि संस्थागत रुपमा भन्दा आफुहरुलाई निकै दरिलोरुपमा प्रस्तुत गरेर एउटा छुट्टै स्थानमा राख्न सफल लिम्बुवानका पाँच जना चेलीहरुको सकृयतामा भएको यो साँझ निकै नै मानिसहरुको गरिमामय उपस्थिती रहेको थियो ।

साम्याङफुङ साँझ एउटा लिम्बु भाषा संस्कृतिसंग समवन्धित चाड मात्र नभएर समय सापेक्षत हामी आफु परिवर्तन हुदै सामाजिक परिवर्तनमा थप सहयोग पुर्याउनका निमित सबैलाई एकतामा बाध्ने हाम्रो प्रयत्न पनि हो भन्ने कुरा कार्यक्रमकि सकृय सदस्य , समाजसेवि तथा मोडल लिलीस कन्दङवाले बताईन ।

भाषा संस्कृति पनि जगेर्ना गर्ने र सामाजिक सेवालाई पनि प्राथमिकता दिने संकल्पकासाथ अगि बढिरहेका पाँचजना सदस्यगरुको बिशेष पहलमा पाँच वर्ष अघि सुरुवात गरिएको यो कार्यक्रम निकै ससक्त भएर अघि बढिरहेको देखिन्छ । भाषा तथा संस्कृतिको जगेर्ना गर्न , पुराना संस्कारलाई नया पुस्तासम्म पुर्याउन र संस्कृति भित्रका नकरात्मक प्रवृतिहरुलाई परिवर्तन गर्नका साथै सामाजिक सेवा गर्न साम्याङफुङ साँझ आयोजना गरिएको कुरा साम्याङफुङकि सकृय सदस्य तथा मोडलको रुपमा परिचित गीता पालुङवाले बताईन ।

बिशेष गरि लिम्बु तथा ग़ैर लिम्बु दुबै उपस्थित भएको उक्त कार्यक्रममा साम्याङफुङ सिरमा लगाई आफ्नो भेषभुसामा सजिएर आउने लिम्बु महिलाहरुको संख्या उल्लेख्य मात्रामा रहेको थियो । कार्यक्रममा गिता पालुङवाको लिम्बु भाषाको म्यूज़िक भिडियो “ हाङनेईल्ले -३ ” को समेत विमोचन गरिएको थियो ।

समावेसि गायक तिलक सोमाई मगरले लिम्बु भाषामा गीत गाएर उपस्थित सहभागीहरुलाई थप मनोरञ्जन गराएका थिए । कार्यक्रममा याक्थुङ स्वर समूह,हङकङ ले मौलिक साँस्कृतिक प्रस्तुति दिएर कार्यक्रमलाई ऐतिहासिक रौनक दिएका थिए। अाफ्नो कुशल कला प्रदर्शन गर्ने बाल कलाकार अम्लारी नाल्बो र मिस हङकङ नेपाल शुस्मा लिम्बू ले प्रस्तुत गरेको नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई थप रौनकता थपेका थिए। कार्यक्रम समुहका सल्लाहाकार मौसम लिम्बुले प्रस्तुत गरेका थिए ।

HTML Comment Box is loading comments...

धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा किरात धर्मावलम्बीहरुले माङहिम बनाउने ।

समितिका कोषाध्यक्ष दिपककुमार मेन्याङवोका अनुसार मन्दिर निर्माणका लागि भेलाले रेखाङकन गरिएको छ । रेखाङकन गरिएका क्षेत्रमा किरात धर्मगुरु आत्मानन्द लिङदेनको बाहुलीबाट छिट्टै माङहिम शिलान्यास गरि काम शुरु गरिने कोषाध्यक्ष मेन्याङवोले बताए । उ

CONTACT US FOR ADVERTISE

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *