“झिलमा फुलु” म्यूजिक भिडियोमा अशोक दर्जीको दोस्रो गीत ( भिडियो सहित )

by | २० श्रावण २०७५, आईतवार २२:४९ | नेपाली म्यूजिक भिडियाे | 0 comments

अगस्ट ०४ / २०१८

चर्चित बालगायक अशोक दर्जीको दोस्रो गीत “झिलमा फुलु”“झिलमा फुलु”को भिडियो प्रिमियर गरिएको छ । उर्लाबारीमा एक कार्यक्रमका बीच मेयर खड्ग फागोले ल्यापटपमा भिडियो क्लिक गर्दै प्रिमियर गरिएको हो । भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै मेयर फागोले बाल प्रतिभाको पहिचान गराउन यस गीतले महत्वपूर्ण सहयोग पुर्याउने बताए ।

युवा मन नेपाल युवटुव च्यानबाट सार्वजनिक गरिएको भिडियोले छोटो समयमा नै राम्रो प्रतिक्रिया पाईरहेको छ । कोशी भिजन फिल्मले निर्माण गरेको भिडियोमा गायक अशोक दर्जीका साथी भुइकठहरले उर्फ स्माईल धिमालले अभिनय गरेका छन् ।

हाल जापानमा रहेका गीतकार मन्जुल मितेरीले यस गीतलाई लेखेका हुन् । गीतकार मितेरीका अनुसार स्माईलको जिवनमा आधार रहेर गीतको रचना गरिएको हो ।

गीतको भावलाई भिडियोले अझ बलियो बनाएको निर्देशक सुमन योञ्जनले बताए । गीतमा बालकलाकार धिमालले शसक्त अभिनय गरेको भन्दै निर्देशक योञ्जनले खुलेर तारिफ गरेका छन् । टिकारामसँगै उनका प्रिन्सीपल दिपक न्यौपान, कौशीला राई लगायतले अभिनय गरेका छन् । यस गीतलाई छायांकार उज्जवल बल तामाङले खिचेका हुन्

.

HTML Comment Box is loading comments...

Local Business Column

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video