क्याबिनेट बैठक चल्दा चौतर्फी हमला ? मन्त्री परे ट्वा

by | २६ श्रावण २०७५, शनिबार १६:५० | समाचार | 0 comments

काठमाडाैं । कसले भन्छ नेपाल संसदीय र प्रशासनिक अभ्यासमा इङ्ल्याण्ड, अमेरिका, भारतभन्दा कम छ ? बिल्कुलै छैन, तर ‘दुश्मन’ हरुको घेराबन्दी यति चर्को कि, पत्याउनै नसकिने ! अहिले नेपाल सरकार यस्तै ‘दुश्मन’ हरुको घेराबन्दीमा पर्दा थालिएको अत्याधुनिक कार्यसम्पादन विधि जोखिमपूर्ण अवस्थामा छ ।

‘पेपरलेस’, अर्थात् कागजविहीन प्रशासनिक कार्यसम्पादनको प्रारम्भस्वरुप साउन १० गते, बिहीबार मन्त्रिपरिषद्को बैठक चलिरहँदा पहिलोचोटि प्रत्येक मन्त्रीको हातमा म्याकबुक पुग्यो । बैठकमात्र हैन, पूरै कार्यालयलाई अटोमेसन सिष्टममा चलाउने योजनाको शुरुवात थियो त्यो । दुःखको कुरा त के भने, नेपालको मन्त्रिपरिषद् बैठकमा म्याकबुकबाट प्रस्ताव हेर्दै छलफल चलिरहँदा संसारभरिका ह्याकरहरुको ध्यान पनि त्यहीँ खिचियो । बैठक शुरु भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कम्प्युटर प्राविधिकहरु सर्भरमा समस्या आउला भनी चनाखो थिए । तर, त्यही बेला ४०–४५ जना ह्याकरको घेराबन्दी शुरु भयो । प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले यस्तो प्रविधिबाट बैठक शुरु भएको भनी ट्वीट गरेपछि हल्ला त हुने नै भयो । हल्लाले गर्दा धुन्धुकारीहरु यति सल्बलाए कि, कतिपय ह्याकर त झण्डैझण्डै सफल हुन लागेका थिए । त्यतिबेलै त ती कहाँबाट सल्बलाए थाहा हुँदैन । पछि प्राविधिकहरुले अनुसन्धान गर्दा बढीजसो युरोपतिरबाट सक्रिय भएका रहेछन् । केही ह्याकर काठमाडौंभित्रै र सिंहदरबारसँगको छोटो दूरीमै थिए । बैठक सकियो । मन्त्रीहरुले म्याकबुक चलाएको भनी सबैतिर समाचार आयो । त्यसपछि त बिगार्न खोज्नेको संख्या यसरी बढ्यो कि, एउटामात्र ह्याकर सफल भयो भने देशका महŒवपूर्ण, गोप्य र संवेदनशील सूचना छिनभरमै चुहावट हुने खतरा । तर, सल्लाहकार रिमालले प्राविधिकहरुलाई भनिसकेका छन्, ‘तपाईंहरु चनाखो हुनुभयो भने हामी जोगिन्छौँ, नत्र खत्तम हुन्छ । ख्याल गर्नुहोला ।’

वास्तविकता के हो भने, यस्तो पेपरलेस क्याबिनेट अमेरिका, बेलायत (इङ्ल्याण्ड), चीन र भारतमा पनि छैन । नसकेर त नभनौँ, तर नेपालले यस्तो अभ्यास थालेपछि विशेषतः तिनै देशका लागि सुराकी गर्नेहरुलाई समस्या परेको छ । त्यसै पनि नेपालका संवेदनशील सूचनाको बेचबिखन सिंहदरबारभित्रैबाट हुने हल्ला छ । त्यसमाथि म्याकबुकको प्रयोग हुने भएपछि मन्त्रिपरिषद्का सूचना विदेशी एजेन्सीलाई अग्रीम बुझाउने, त्यो बुझेर रिपोर्ट पेश गर्नेहरुको रुवाबासी चल्ने नै भयो । म्याकबुकको प्रयोगबाट अहिले सबभन्दा बढी धुवाँ भएका छन्, मुख्यसचिव लोकदर्शन रेग्मी ।

प्रधानमन्त्री आफैँले सरकारी प्राविधिकलाई बोलाएर म्याकबुकको व्यवस्था गर्न र क्याबिनेट बैठक पहिलोचोटि पेपरलेस गर्न अह्राउँदै भनेका थिए ‘बाँकी कुरा विष्णु सरले भन्नुहुन्छ, तपाईंहरुले उहाँले भनेबमोजिम गर्ने ।’ अर्थात्, मुख्यसचिवसँग यस्तो निर्देशन दिने क्रममा कुनै सरोकार राखिएन । तर, कर्मचारीहरुको धर्म हो, मुख्यसचिवको स्वीकृति लिने । उनीहरुले भने, ‘सर, यस्तो कुरा भा’छ…†’ त्यसपछि मुख्यसचिवले जवाफ दिए, ‘ल, ल !’

तर, अहिले प्रयोगमा आएको अटोमेसन सिष्टम अपुरो छ । प्रस्तावमात्र हो, मन्त्रीका म्याकबुकमा बैठकअघि पुग्ने । निर्णयचाहिँ अहिले पनि हार्डकपीबाटै जान्छ । पहिलाजस्तो ४० प्रति प्रस्तावको कपी प्रिन्ट गरेर मन्त्रीपिच्छे हातहातमा थमाउनचाहिँ बन्द भयो । निर्णयलाई पनि स्क्यान गरेर राख्ने योजना छ, तर भइसकेको छैन । किनभने, निर्णय मन्त्रीलाई मात्र पठाएर हुँदैन, कार्यान्वयनका लागि सचिव र अरु तालुकदारकहाँ पनि पुग्नुपर्छ । कतिपय निर्णय कार्यान्वयनका लागि ऐन, नियमावली र कार्यविधिका प्राविधिक कुराहरु मिलाउनुपर्छ । कतिपय निर्णय कार्यान्वयन गर्न फरक–फरक मन्त्रालयबीच समन्वय हुनुपर्छ । त्यसैले निर्णयहरु म्याकबुकबाटै कार्यान्वयन हुने दिनचाहिँ केही टाढै रहेको बताइन्छ ।

अटोमेसन सिष्टमको सर्भर गृहमन्त्रालयसँगै रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्र (जिआइडिसी) मा छ । जम्मा २५ वटा म्याकबुक प्रयोगमा छन् । सर्भरबाट कुन आइपी नम्बरको म्याकबुकले के चलायो हेर्न सकिन्छ । ह्याकरबाहेक अरु म्याकबुक प्रयोगकर्ताले सूचना चुहावट गरे थाहा हुन्छ । भिपिएन टेक्नोलोजी प्रयोग भएको छ । ह्याकरले आफ्नो आइडी लुकाएर गर्छन्, त्यसकारण अलिक लामो बाटो अपनायो भनेमात्र ती फेला पर्ने हुन् । यो कामको संयोजन प्रधानमन्त्री कार्यालयका प्राविधिक उपसचिव मुकेश रेग्मी र कम्प्युटर इञ्जिनियर अधिकृत हरिप्रसाद पोखरेलले गरेका छन् । यसको होस्ट क्लाउडमा छ । त्यस कारण छिटो छिटो चल्ने कुरामा समस्या छैन । तीनवटा व्याण्डविथ छ । व्याण्डविथ भनेको ट्राफिकजस्तो हो । जति क्षमता बढी भयो, उति द्रूतगतिमा चल्ने । त्यसका लागि दुईटा व्याण्डविथ जिआइडिसीकै छ । वल्र्डलिंकबाट पनि एउटा लिइएको छ । मन्त्रीहरुको हातमा परेको म्याकबुकको संस्करण २०१८ हो, जसको नेपालमा बजार मूल्य करिव एक लाख २० हजार छ ।

बिहीबारको क्याबिनेटमा म्याकबुक दिइएपछि सबभन्दा राम्रोसँग र छिटो चलाउनेमा गृहमन्त्री रामबहादुर थापा (बादल) थिए । प्रधानमन्त्रीको हातमा पहिल्यैदेखि थियो, त्यसैले उनले तरिका जानिसकेका थिए । बादलपछि बनमन्त्री शक्तिबहादुर बस्नेत देखिए, राम्रोसँग चलाउन जानेका । हातमा पर्नासाथ खोलेर फर्रर काम थालिहाले । तर, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितचाहिँ निक्कै बेर अल्मलिए । प्राविधिक हरिप्रसादलाई बोलाएर सोधे, ‘थिच्ने ठाउँ कहाँ छ ? देखाउनुस् त †’ हरिले भने, ‘यो थिच्नुपर्दैैन मन्त्रीज्यू, औँलाले छोएपछि हुन्छ ।’ त्यसपछि उनले पनि चलाउन थाले । श्रममन्त्री गोकर्ण विष्ट ओल्टेकोल्टे पारेर हेर्दै थिए । केही समस्या पो भयो कि भनेर प्राविधिकहरु नजिक गए । तर, छेउमै बसेका अर्का मन्त्रीले चलाएको हेरेर गोकर्णले चलाए । जनआस्थाबाट

HTML Comment Box is loading comments...
Booking.com

Recent Posts

CONTACT US FOR ADVERTISE

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video