१४ मिटर अग्ला छालसँगै सुपर ताइफुन माङ्कुट हङकङमा

by | ३१ भाद्र २०७५, आईतवार १३:२८ | अन्तर्राष्ट्रिय समाचार | 0 comments

सुपर ताइफुन माङ्कुट हङकङ प्रवेश गरेसँगै १० नम्बर सिग्नल जारी गरिएको छ। सधैं अति व्यस्त रहने रेललाइनहरू सुनसान देखिएका छन्, भने हङकङका ९०० उडान रद्द वा स्थगित गरिएको छ। आँधीले समुद्रमा १४ मिटर अग्ला छालहरू ल्याएको छ भने शहरका २२ वटा रख ढलेका छन्। प्रतिघण्टा २५५ किलोमिटरको गतिमा आएको शक्तिशाली सामुद्रिक आँधी माङ्कुटले शनिबार फिलिपिन्समा १४ बढीको ज्यान लिएको थियो।

बिनासकारी आँधी आइतबार बिहानै हङकङ प्रवेश गरेको हो। हङकङको मौसम विभागले आइतबार बिहान १ः१० मा ८ नम्बर सिग्नल जारी गरेको थियो, जसलाई बढाएर ९ः४० बजे १० नम्बर पुर्याइउको छ। विभागले आँधीसँगै ठूलो बर्षा हुने चेतावनी दिएको छ। हङकङका सबै कार्यालय, स्कुल, यातायात र बजार बन्द गरिएको छ। केही ट्याक्सी र भूमिगत रेल चालु रहेपनि यात्रु छैनन्। शनिबार राती ठूलो क्षति नभए आइतबार क्षति पुग्न सक्ने अनुमानसहित सरकारी विभागहरु आपतकालीन उद्दारका लागि तयारी अवस्थामा रहेका छन्। सर्वसाधारणलाई घर बाहिर ननिस्कन र झ्याल ढोका बलियो गरि लगाउन अनुरोध गरिएको छ। आइतबार अपरान्ह समुद्रमा १४ मिटर अग्लो छाल आउन सक्ने चेतावनी दिँदै समुद्रको छेउमा नजान अनुरोध गरिएको छ।

HTML Comment Box is loading comments...