किसोर श्रेष्ठ
उर्लाबारी माघ १३ गते 
मिस नेवा ११३७ का प्रतिस्पर्धी मध्यकी एक हुन् मोरङ बिराटनगरकी सुमन श्रेष्ठ (२१) ।

सानैदेखि यस्ता प्रतियोगिताहरुमा सहभागी हुने तिब्र चाहना राख्ने उनी बिएससी दोस्रो बर्षमा अध्यनरत छिन् । ५.३ इन्च अग्लि सुमन मोडलिङका अलवा गायन क्षेत्रमा पनि विशेष रुचि राख्छिन् । उनलाई अभिनेता दयाहाङ राईको अभिनय उत्कृष्ट लाग्छ । भन्छिन्—”दयाहाङको अभिनय जीवन्त लाग्छ , जुन आँफैमा उत्कृष्ट छ ।”

फुर्सदका समय घुम्न रुचाउने उनी नेपाल पर्यटकीय हिसाबले धनी रहेको उल्लेख गर्छिन् । मोडलिङको माध्यमबाट सामाजिक कार्यसँगै देशलाई अन्र्तराष्ट्रिय स्तरमा चिनाउन सकिने उनको तर्क छ । भन्छिन्—‘गौतम बुद्धको जन्म भुमि, बिश्वको अग्लो सगरमाथा अनि बीर गोर्खालीको गाथा नेपाललाई चिनाउन कलाकारिताको माध्यमबाट सक्रिय हुनेछु ।

घरपरिवारको साथ सहयोग र साथीहरुको हौसलाले नै यहाँसम्म आउन प्रेरणा मिलेको बताएकी उनले भनिन्‘ आगामी दिनमा पनि सबैबाट साथ अनि सहयोगको अपेक्षा राखेको छु । ’ उनले आफुलाई मिस नेवा ११३७ मा आफुलाई बिजयी गराउन भोटको अपिल गरेकी छिन् । मलाई यतिबेला तपाईहरुको साथ र सहयोगको खाचो छ, कृपया भोट गरेर बिजयी गराईदिन अनुरोध गर्दछ,समुनले आग्रह गरिन् ।

उनलाई भोट गर्नका लागि मोवाइलको म्यासेज बक्समा गई MN लेखेर एक स्पेश दिई 15 लेखेर 33001 मा म्यासेज गर्न सकिन्छ ।