क्यान्सर पिडित दिनेश कुमारलाइ उपचारार्थ आर्थिक सहयोग

क्यान्सर पिडित दिनेश कुमारलाइ उपचारार्थ आर्थिक सहयोग

by | १७ आश्विन २०७५, बुधबार २१:२५ | हङकङ डायरी | 0 comments

कोशेली एच के । हङकङ
लाङ्घाली कल्याण समाज हङकङको सकृयतामा क्यान्सर पिडित विरामीलाइ सहयोग संकलन भएकोछ। हालै सो संस्थाको कल्याणकारी कोष मार्फत धरान उपमहानगरपालिका वडा नं ६ निवासी ३८ वर्षिय क्यान्सर पिडित दिनेश कुमार पुर्वछाने मगरलाइ उपचारार्थ संकलित आर्थिक सहयोग रकम रू १,७६,६४९/- (अक्षरुपी -एक लाख छयत्तर हजार छ सय उनान्पचास रुपैया) सहयोग उपलब्ध गराएको छ ।

२०७५ साल आश्विन १६ गते मंगलवार निजकै घरमा पुगि संस्थाका संस्थापक अध्यक्ष उदय थापा मगर र संस्थापक सल्लाहकार लक्ष्मी प्रसाद पुर्वछाने मगरले विरामीलाइ सहयोग रकम हस्तान्तरण गरेका हुन । उक्त कार्यक्रममा धरान उपमहानगरपालिका वडा नं ६ का वडा सदस्य हरी राई , नेपाल मगर संघ , गाउपालिका कमिटि ,केराबारी मोरङका अध्यक्ष पुर्ण प्रकाश पुर्वछाने मगर , नेपाल मगर संघ नगरसमिति धरानबाट सन्देश लुङेली मगर , स्थानिय समाजसेवी विश्वराज कार्की लगायतका ब्यक्तिहरुको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

विरामी किशोर कुमार मगर हाल भरतपुर स्थित विपि कोइराला क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन्।
सामाजिक क्षेत्रमा सन २००४ देखि स्थापना भए यता लाङ्घाली कल्याण समाज हङकङले भौतिक सामाजिक संरचना निर्माण , विभिन्न रोगका विरामी , अप्ठेरोमा परेकाहरुलाइ सहयोग , सामाजिक संघ संगठनहरुमा दान, प्राकृतिक प्रकोपको वेलामा राहात वितरण लगायतका सामाजिक कार्यमा सकृय रहदै आएको समाजका सचिव शिशिर पुर्वछाने मगरले जानकारी गराए।

गत वर्ष मात्र क्यान्सरबाट ग्रसित ३१ वर्षिय इन्दिरा थापा मगरलाइ उपचारमा सवा तिन लाख रुपैया आर्थिक सहयोग गरेर ज्यान बचाएको सचिव मगरले स्मरण गरे । ”सामाजिक काम र रोगीहरुको सहयोग गर्दा निकै पुण्य र आनन्द मिल्छ ” सचिव मगरले थपे ।

समाजका अध्यक्ष हर्क राना मगरले यस किसिमको आर्थिक सहयोग संकलनमा साथ दिनु हुने संस्थाका उपाध्यक्ष गणेश पुर्वछाने मगर , सदस्य सुशिला घले मगर लगायत सम्पुर्ण कार्यसमिति पदाधिकारी , सल्लाहकारहरु , मगर संघ हङकङ ,पुन मगर समाज हङकङ लगायत समस्त हङकङवासी सहयोगीहरुलाइ विशेष धन्यवाद दिदै विरामी दिनेश कुमारको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

HTML Comment Box is loading comments...

प्याट्रीक चेउङ प्याराग्लाईडिङ गर्दा बेपत्ता ।पाँच दिनदेखि खोजी कार्य जारी छ।

हङकङ प्याराग्लाईडिङ एसोसिएसनका ४० ग्लाईडरहरु, सरकारी हेलिकप्टर, गोताखोरहरु, एयर ड्रोनहरु, प्रहरी, फायर सर्भिस, सिभिल एड सर्भिसका अधिकारीहरु सहित सय भन्दा सम्मिलित टोलीले आकाश, जमिन र समुद्र र सम्भावित सबै ठाउमा खोजी कार्य जारी राखेको छ।बुधबार बाट उसको मोबाईलको सिग्नल समेत टुटेको उद्दारमा सङ्लग्न प्रहरिले बताएको छ। सम्भवत ब्याट्री सकिएको अनुमान गरिएको छ।

आधुनिक सहर हङकङमा सांस्कृतिक रौनकतासंगै साम्याङफुङ कार्यक्रम ।

बिशेष गरि लिम्बु तथा ग़ैर लिम्बु दुबै उपस्थित भएको उक्त कार्यक्रममा साम्याङफुङ सिरमा लगाई आफ्नो भेषभुसामा सजिएर आउने लिम्बु महिलाहरुको संख्या उल्लेख्य मात्रामा रहेको थियो । कार्यक्रममा गिता पालुङवाको लिम्बु भाषाको म्यूज़िक भिडियो “ हाङनेईल्ले -३ ” को समेत विमोचन गरिएको थियो ।

स्व. वावुराम मादेनलाई आर्थिक सहयोग दिनुहुनेको नामावली र रकम ।

 पुर्खेउली घर फुङ्लिङ ताप्लेजुङ देखि पृथ्वीनगर हुदै हाल विर्तामोड झापा निवासी ४९ वर्षका वावुराम मादेनको गत ९ अप्रिल २०१८ को दिन हङकङमा असामहिक निधन भएको थियो । स्व. मादेनको पार्थिव शरीर झापा नेपाल लगि सदगत अन्त्येष्टी विधिवत रुपले सरल र सहजताका साथ सम्पन्न भैसकेको छ ।उक्त दुःखको कार्यलाई हातेमालो गरि आर्थिक र भौतिक सहयोग गर्नुहुने हङकङ, यु के र नेपालका तमाम मादेन दाजुभाई ईष्टमित्र अनि हङकङ झापा मञ्च, किरात याक्थुङ चुम्लुङ  हङकङ,किरात राई यायोख्खा हङकङ एवं श्रद्धाञ्जलीमा उपस्थित सम्पूर्ण शुभचिन्तकज्यूहरुमा हार्दिक धन्यवाद कृतज्ञता व्यक्त गर्दछौं ।

नेपाल च्याम्बर्स अफ कमर्स हङकङ र पोखरा च्याम्बर्स अफ कमर्स बिच सम्झौता !

एमओयु दुई सस्था, सङ्गठन वा कम्पनीहरु बिचको एक औपचारिक सम्झौता पत्र हो। यसको उद्देश्य दुई कम्पनी वा सङ्गठनहरु बिच आधिकारिक साझेदारी स्थापना गर्नु हो। यो सहमति कानूनी रूपमा लागु गर्न बाध्यकारी हुन पर्दैन तर आपसी सद्भाव र गम्भीरतापुर्बक नैतिक रुपमा अगाडी बढ्न बाटो खुल्ला गरिदिन्छ।

Local Business Column

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *