क्यान्सर पिडित दिनेश कुमारलाइ उपचारार्थ आर्थिक सहयोग

क्यान्सर पिडित दिनेश कुमारलाइ उपचारार्थ आर्थिक सहयोग

by | १७ आश्विन २०७५, बुधबार २१:२५ | हङकङ डायरी | 0 comments

कोशेली एच के । हङकङ
लाङ्घाली कल्याण समाज हङकङको सकृयतामा क्यान्सर पिडित विरामीलाइ सहयोग संकलन भएकोछ। हालै सो संस्थाको कल्याणकारी कोष मार्फत धरान उपमहानगरपालिका वडा नं ६ निवासी ३८ वर्षिय क्यान्सर पिडित दिनेश कुमार पुर्वछाने मगरलाइ उपचारार्थ संकलित आर्थिक सहयोग रकम रू १,७६,६४९/- (अक्षरुपी -एक लाख छयत्तर हजार छ सय उनान्पचास रुपैया) सहयोग उपलब्ध गराएको छ ।

२०७५ साल आश्विन १६ गते मंगलवार निजकै घरमा पुगि संस्थाका संस्थापक अध्यक्ष उदय थापा मगर र संस्थापक सल्लाहकार लक्ष्मी प्रसाद पुर्वछाने मगरले विरामीलाइ सहयोग रकम हस्तान्तरण गरेका हुन । उक्त कार्यक्रममा धरान उपमहानगरपालिका वडा नं ६ का वडा सदस्य हरी राई , नेपाल मगर संघ , गाउपालिका कमिटि ,केराबारी मोरङका अध्यक्ष पुर्ण प्रकाश पुर्वछाने मगर , नेपाल मगर संघ नगरसमिति धरानबाट सन्देश लुङेली मगर , स्थानिय समाजसेवी विश्वराज कार्की लगायतका ब्यक्तिहरुको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

विरामी किशोर कुमार मगर हाल भरतपुर स्थित विपि कोइराला क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन्।
सामाजिक क्षेत्रमा सन २००४ देखि स्थापना भए यता लाङ्घाली कल्याण समाज हङकङले भौतिक सामाजिक संरचना निर्माण , विभिन्न रोगका विरामी , अप्ठेरोमा परेकाहरुलाइ सहयोग , सामाजिक संघ संगठनहरुमा दान, प्राकृतिक प्रकोपको वेलामा राहात वितरण लगायतका सामाजिक कार्यमा सकृय रहदै आएको समाजका सचिव शिशिर पुर्वछाने मगरले जानकारी गराए।

गत वर्ष मात्र क्यान्सरबाट ग्रसित ३१ वर्षिय इन्दिरा थापा मगरलाइ उपचारमा सवा तिन लाख रुपैया आर्थिक सहयोग गरेर ज्यान बचाएको सचिव मगरले स्मरण गरे । ”सामाजिक काम र रोगीहरुको सहयोग गर्दा निकै पुण्य र आनन्द मिल्छ ” सचिव मगरले थपे ।

समाजका अध्यक्ष हर्क राना मगरले यस किसिमको आर्थिक सहयोग संकलनमा साथ दिनु हुने संस्थाका उपाध्यक्ष गणेश पुर्वछाने मगर , सदस्य सुशिला घले मगर लगायत सम्पुर्ण कार्यसमिति पदाधिकारी , सल्लाहकारहरु , मगर संघ हङकङ ,पुन मगर समाज हङकङ लगायत समस्त हङकङवासी सहयोगीहरुलाइ विशेष धन्यवाद दिदै विरामी दिनेश कुमारको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

HTML Comment Box is loading comments...

हङ्कङमा छोरा द्वारा बाबुको हत्या कसरी भयो? यो हेर्नुहोला ..

यदि उहाँले घटना हुने बितिकै पुलिसलाई खबर गरेको भए उहाँको ज्यान नजाने थियो । छोराको मायाको कारण उहाँको निधन भयो ।झगडा हुनुको कारण पैसा हुन सक्ने बताइएको छ । आरोपित छोराले सधै पैसा मागेर हैरानी बनाएको भए पनि मागेको बेला छोरा लाई पैस पनि दिदै आएका थिए । तर उक्त दिन

राष्ट्रिय कविता महोत्सव–२०७४ मा प्रथम कवि चन्द्र रानाहँछाको हङकङमा एकल कविता वाचन !

कार्यक्रममा कवि रानाहँछाले राष्ट्रिय कविता महोत्सव–२०७४ मा प्रथम कविता “आँधीको यात्रा”, स्व. इन्द्रबहादुर राई प्रति समर्पित “इन्द्रबहादुर राईको दुई शब्द छुट्दा छुट्दै वैरागी काँइलालाई…”, “आमाको सम्झाना”, “ईश्वरको सवारी” लगायत दर्जन बढी कविताहरु वाचन गरेका थिए ।

हङकङ सरकारले कोशेली स्वरुप हङकङ डलर वाडदैछ। कतै तपाई पनि पर्नु हुन्छ कि ?

हङकङ सरकारले कोशेली स्वरुप हङकङ डलर वाडदैछ। कतै तपाई पनि पर्नु हुन्छ कि ?

हङकङको बैक अफ ईष्ट एसिया हेडक्वाटरबाट पैसा लुटने पक्राउ !

उक्त चोरी गर्ने व्याक्तीलाई पक्राउगर्नु पहिले निजले पिस्तोल देखाएर बैकको काउन्टरमा कर्मचारीबाट रातों ब्यागमा पैसा हालेर भागेको भिडियो भाईरल भएको थियो।

हङकङमा ईन्फ्लुन्जाले महामारीको रुप लिनसक्ने त हैन ? चाईनिज नया बर्षपछि मुख्य हस्पिटलमा डाक्टरलाई भेट्न मात्र ८ घण्टा कुर्नु पर्यो।

जानकारीमा आए अनुसार मुख्य हस्पिटलहरुमा फ्लुका बिरामीहरुको डाक्टरलाई देखाउन समेत आठ घण्टा सम्मवकुर्नुपरेको बताएका छन। बिरामीहरुको चापसंगै हङकङमा अर्कों महामारी नफैलियोस भनेर हङकङ सरकार र समवन्धित निकायको ध्यान आकर्षण दरेको छ

Local Business Column

जानकारीकाेलागि यो पनि

Consulate General of Hong KOng

Hong Kong Immirgation

All in one online Booking

CONTACT US FOR ADVERTISE

Nepali Music Video

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *