चिनियाँ राजदूतले अमेरिकी मन्त्रीलाई भनिन् नेपाल चीन सम्बन्धबारे धेरै बाठो नहुनू

चिनियाँ राजदूतले अमेरिकी मन्त्रीलाई भनिन् नेपाल चीन सम्बन्धबारे धेरै बाठो नहुनू

चिनियाँ राजदूतले अमेरिकी मन्त्रीलाई भनिन् नेपाल चीन सम्बन्धबारे धेरै बाठो नहुनू

by | १५ फाल्गुन २०७५, बुधबार ००:०८ | अन्तर्राष्ट्रिय समाचार | 0 comments

काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले अमेरिकी उपसहायक विदेशमन्त्रीलाई कडा शब्दमा जवाफ दिएकी छिन् । उनले अमेरिकी मन्त्रीलाई नेपाल चीन सम्बन्धबारे धेरै जान्ने नहुन चेतावनी दिइन् । अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टर अहिले नेपालमा छन् । उनले सोमबार रक्षामन्त्री ईश्वर पोखरेलसँगको भेटमा चीनले नेपालमा गरेको लगानीबारे प्रश्न उठाएका थिए । यही कारण राजदूत होउको पारो तातेको हो । 

ललितपुरमा आजदेखि सुरु भएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ अन्तर्राष्ट्रिय सम्मेलनमा राजदूत होउले धेरै टाढाको देशले नेपाल–चीनसम्बन्धबारे नकारात्मक टिप्पणी गर्नु उचित नभएको बताएकी हुन् । उनले नेपाल र चीन हिमाल र नदीनाला जोडिएका छिमेकी देश भएको भन्दै अमेरिकाजस्तो टाढाको देशले नजिकका  छिमेकीबीच अविश्वास पैदा हुने नकारात्मक टिका टिप्पणी गर्न नहुने बताइन् । 

राजदूत होउले सडक, पूर्वाधार र विमानस्थल लगायत संरचना निर्माणमा चीनले नेपाललाई सघाउँदै आएको बताउँदै भर्खरै हस्तान्तरण गरिएको कलंकी कोटेश्वर खण्डको पनि स्मरण गरिन् । होउले नेपालका लागि चिनियाँ राजदूत हुनु भन्दा अगाडि दक्षिण एसियाली मुलुक हेर्ने जिम्मेवारी सम्हालिसकेकी थिइन् । अमेरिकालाई उदाहरण दिँदै होउले चीनको सहयोगमा भर्खरै कलंकी–कोटेश्वर सडक निर्माण भएर हस्तान्तरण पनि भइसकेको बताएकी छन् । 

यसअघि नेपाल भ्रमणमा रहेका अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले सोमबार मात्रै रक्षामन्त्री ईश्वर पाखरेलसँगको भेटमा नेपालमा चीनले गर्ने लगानी पारदर्शी हुनुपर्नै धारणा राखेका थिए । फेल्टरको यही धारणालाई इंगित गर्दै राजदूत होउले कुनै पनि राष्ट्रलाई समस्यामा पार्ने चीनको नियत नभएको बताएकी हुन् ।

HTML Comment Box is loading comments...

About The Author

Leave a reply

Your email address will not be published. Required fields are marked *