सर्वोच्च अदालतले सेक्स स्क्यान्डलमा पुनरावेदन अदालतको फैसला उल्टाउँदै लोकपप गायक प्रकाश ओझालाई प्रहरी पक्राउ गरेको छ ।

 सर्वोच्चको फैसला कार्यन्वयनका क्रममा प्रहरीले उनलाई पक्राउ गरी जेल चलान गरेको छ । सर्वोच्चले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउँदै सुनसरी इटहरीका ओझालाई मानव बेचविखन तथा ओसारपसारको दुई मुद्धामा ५/५ गरी १० वर्ष जेल सजाय सुनाएको हो ।

फैसला लगतै फरार भएका ओझालाई शंखमुलमा लुकेर बसेको अवस्थामा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनी लुकिछिपी गीत संगित रेकर्डिङको काम गर्दै आएका थिए । फरार ओझालाई पक्राउ पश्चात केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरीले बताएको छ ।

Sources: Kantipur Daily