गणेश मगर
२० माघ / २०७३
साङ्गितीक क्षेत्रमा निरन्तर सङ्घर्षरत एउटा नाम हो जीविहाङ्ग राई ।

दर्जन बढि गीतहरुबाट दर्शक, श्रोता नजिक पुगिरहेका राईको शिरै फुल गीतले पर्याप्त चर्चा पायो । केहि समय अघि युटयुव मार्फत सार्वजनिक भएको तिमीलाई सम्झि बोलको गीतले पनि जीविहाङ्गलाई थप उचाई प्रदान गर्यो जसमा चर्चित गायीका मेलिना राईले साथ दिएकी छीन् ।

भर्सटायल जीविहाङ्ग गायकीमा मात्र नभएर अभिनयमा पनि सक्रिय छन्, हास्य विधामा आधारित अलपत्र नामक सिरियलमा उनको प्रतिभा देख्न सकिन्छ ।

एकल एल्बमको तिव्र तयारीमा रहेका जीविहाङ्गको भर्खरै सार्वजनिक पूर्वेली लोकभाका झुम्के मायाको भिडियोले युट्युवको भ्युवर्स बढाईरहेको छ । जीविहाङ्गलाई गायीका अमृता लिम्बुले साथ दिएकी छीन् भने संगित डि.आर अटु, सम्पादन मनोज राई रहेको छ ।

होन्कु सिनेमाले बजार ब्यवस्थापन गरि सार्वजनिक गरिएको भिडियो गणेश राईले निर्माण गरेका हुन् ।