चन्द्र मादेन ‘आन्छन’
३१ जनवरी, हङकङ,- स्थानीय चुनमुनको सभाहल स्थित हेभेन्ली पाथ हङकङको आयोजनामा वृहत सायाङ्मी ध्यान ( एन्जलीक मेडिटेशन ) सम्पन्न भएको छ । उक्त संस्था प्रेमवादका प्रतिपादक दार्शनिक, गुरु गड्यान्जल, ॐमनन्दद्वारा दुईसय भन्दा वढि उपस्थित जनसमुदायहरुलाई ध्यानमा वस्दा हुने फाईदावारे प्रष्ट पार्नुहुदै झण्डै दुई घण्टा आँखा चिम्लिएर स्वर्ग र अनन्त संसारको अनुभूति गराउनु भएको थियो
जस्लेगर्दा डेण् दर्जन जति महिला र पुरुषहरु ध्यानको गहिराहीमा लिप्तभै केहिक्षण मस्तिष्कको चेतना गुमाएकाहरुलाई गुरु स्वयंवाटै मन्त्रोंचारण गरि आर्शिष दिनुभएर होसमा ल्याउनु परेको थियो । ध्यान पश्चात गीतकार, संगीतकार र गायक तीनै कुराका माहिर गुरु गड्यान्जलले केहि वंहाका एलवम र केहि चाँहि नँया सृजनाका कोशेली प्रत्यक्ष पस्किनु भएको थियो, जुन गीतहरुले अधिकांश दर्शकहरु तल्लिन भएर नृत्यमा भरपूर रमाएका थिए । त्यस्तै नेपालवाटै आउनुभएका अर्का प्रतिभा यूवा गायक सुरविन राईको नेतृत्वमा स्थानीय कलाकार डोलमान लिम्वु, सेलमिका लामा, मेनुका राई र कल्पना राईले मन्त्रमुघ्ध भजन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष नैनकला तामाङको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा ईसाई, हिन्दु, बुद्धिष्ट, किरात आदि विभिन्न धर्मावलम्विहरुको नौ वर्षको किशोर वालक देखि नव्वे वर्षको वृद्ध र विभिन्न प्रतिष्ठित वौद्विक व्यक्तित्वहरु सम्मले सायाङ्मी ध्यान, प्रवचन र सुमधुर संगीतको रसस्वादन गरेका थिए । ध्यान र संगीत पश्चात् कमीलाका ताँतिझैं लाईनका उपस्थित महानुभावहरुलाई परम गुरुवाट आर्शिवाद दिनुहुदै मायाको चिनो ध्वजा(डोरी) पहिर्याई दिनुभएको थियो ।
जीवनको पहिलोपल्ट ध्यानको अनुभूत लिने सहभागी यूवा रोशन गुरुङले -तनाव मुक्त भै मनमा शान्ति छाएर सारै आनन्द महसुस गरेको र यस्तो राम्रो कार्यक्रम आगामी दिनहरुमा क्रमश राखिनुपर्ने अनुरोध गरेभने, अर्का सहभागी यूवा डोलमान लुम्फुङ्वाले – दुई घण्टाको ध्यान पत्तै नपाई बीस मिनेट जस्तो मात्र लागेको र आफू रहेको स्थाननै कम्पन भई जमिनै लच्किएको कुरा जनाएका थिए । त्यस्तै अर्की सहभागी महिला विमला राईले – आफू अनन्त सुन्दर संसारमा पुगेको र सकेपश्चात पनि शरीरमा स्फूर्त महसुस गरेको कुरा जानकारी गराएका थिए ।
चार घण्टा सम्म निरन्तर चलेको उक्त कार्यको उद्घोषक संस्थाका महासचिव चन्द्र मादेन आन्छनले गरेका थिए । अन्त्यमा अध्यक्ष नैनकला तामाङद्वारा यातायात, खाजापानी, सभाहल आदिमा आर्थिक प्रायोजन गर्नुहुने, उपस्थितहरु र प्रत्यक्ष अप्रत्यक्ष सहयोगी सवै प्रति हार्दिक कृतज्ञता व्यक्त गर्नु हुदै कार्यक्रमको विसर्जन भएको घोषणा गर्नुभएको थियो ।
स्मरणीय रहोस : गुरु ओमनन्द गड्यान्जलद्वारा विश्व व्रमाण्ड, जगत जीवन दर्शनका पुस्तक र अन्य सृजनाहरु नेपाली र अग्रेजीमा गरि झण्डै एक दर्जन लेखिएको छ भने, हेभेन्ली निर्भाणा पाथ, प्रेमवादी संस्था नेपाल केन्द्र लगायत शाखाहरू झन्डै तीन दर्जन जिल्लाहरुमा र प्रवासका दुई दर्जन वढि राष्ट्रहरुमा सकृय रुपले अगाडी वढिरहेको छ ।