मोहन भट्टराई
पथरी, २९ माघ

मोरङ बयरवन–९ स्थित पपुलर अंग्रेजी बोर्डिङ स्कुलले विविध कार्यक्रमका साथ आज शुक्रबार चौथो वार्षिकोत्व तथा अभिभावक भेला सम्पन्न गरेको छ । आयोजित कार्यक्रममा हण्डीफोर, म्युजिकल चेयर, मार्वल रेश, चकलेट रेशलगायतका मनोरञ्जनात्मक प्रतियोगिताहरु सम्पन्न भएका थिए ।

वर्षिक उत्सवमा स्कुलमा अध्यनरत विद्यार्थीहरुले गीत, नृत्य, नाटकगायतका विभिन्न प्रस्तुतीबाट उपस्थीत अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए ।
सो अवसरमा गत शैक्षिक सत्रमा कक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

सात जना संस्थापक शेयर सदस्यहरुद्वारा गुणस्तरीय अंग्रेजी माध्यमको शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको उक्त विद्यालयलमा ११ जना शिक्षक कर्मचारीहरु कार्यरत छन् भनें १ सय ५५ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

ग्रामिण क्षेत्रमा स्थापना भई न्यूनतम शुल्क लिई संचालन भइरहेको यस विद्यालयले महंगो शुल्क लिई सहरमा संचालित विद्यालयहरुले जस्तै स्तरीय र समय सापेक्ष शिक्षा दिन सफल भएको छ । कक्षा–४ सम्म संचालित यस विद्यालयले विगतका परीक्षाहरुमा उत्कृष्ट नतिजा ल्याउन सफल भैसकेको र निकट भविष्यमा मावि कक्षा संचालन गर्ने लक्ष लिएको प्रिन्सिपल नगेन्द्र लिम्बू बताउँछन् ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष जितबहादुर लिम्बूले आफुहरुले पैसा कमाउने उद्देश्यले विद्यालयको स्थापना गरेको नभई त्यस क्षेत्रमा अंग्रेजी माध्यमको विद्यालयको एकदमै आवश्यक परेकोले नानीहरुलाई सुविधाका लागि मात्र खोलेको दावी गरे । ‘हामीले गरिव तथा जेहेन्दार एवं असहाय विद्यार्थीहरुलाई छात्रवृृत्ति प्रदान गर्दै आएका छौं’–अध्यक्ष लिम्बूले भने ‘त्यसका साथै अपाङ्ग, असहाय बालबालिकाहरुलाई स्थापनाकाल देखि नै छात्रवृत्ति प्रदान गर्दै आएका छौं ।