अनोज रोक्का
१३ फेब्रुअरी २०१७
हुप्रतिक्षित चलचित्र ‘द स्पोन्सर’ अव हङकङ र मकाउमा प्रर्दशन हुने भएको छ । फिल्मलाई त्रिलोक गुरुङ (याम) ले अन्तराष्ट्रिय प्रर्दशनको जिम्मा लिएका छन् ।

आईतबार जानकारी भेलाको आयोजना गर्दै उक्त कुरा बताईएको हो । “यो फिल्म मात्र हैन वास्तविक परिघटनाको यर्थाथ वृतचित्र पनि हो, त्यसैले मैले यसलाई हङ्कङ, मकाउसँगै विश्वका विभिन्न राष्ट्रहरुमा प्रर्दशनको जिम्मा लिएको छु”  फिल्म प्रमोटरको जिम्मा लिएका त्रिलोक बताउँछन् भन्छन् –“प्रर्दशनबाट उठेको केहि रकम हामी पुर्नेनिर्माणका लागि खर्चिन्छौ ।”

आरबिए फिल्म्सको व्यानरमा रुद्रवहादुर गुरुङको निर्माण प्रणय लिम्वुको निर्देशन रहेको तीन घण्टा लामो फिल्म पूर्वी नेपालको सप्तकोसी किनारमा वस्ने एक टुहुरी कौशिकाको वरीपरी घुमेको छ । बाल मनोविज्ञान र नेपाली समाजको एउटा पाटोलाई फिल्मले उजगार गरेको छ । माछा मारेर जीविका धान्ने पारिवारिक पृष्ठभूमीकी कौसिकाको अमेरिका जाने सपना र उनको परिवारका दुःखको सेरोफेरोमा फिल्म केन्द्रीत छ । फिल्ममा प्रविण खतिवडा, ग्रीष्मा नेपाल, कामेश्वर चौरासिया, एलिना श्रेष्ठ, रेखा कर्ण, रमेशरञ्जन झा, रामभजन कामत, सुरेश नेपाल लगायतको अभिनय देख्न सकिन्छ ।

निर्देशक लिम्बुले यसअघि ‘इतिहास जित्नेहरुका लागि’, “क्षमा देऊ तर नविर्स“ वृतचित्रमा निर्देशक र जन गायक रामेश माथीको “डढेलो भित्रका सतिसाल“ बायोग्राफीमा सह निर्देशन गरि आफ्नो काम देखाईसकेका छन् । भने आरबिए फिल्म्स मार्फत रुद्र बहादुर गुरुङले पनि यसअघि “सिमाला“ फिल्म निर्माण गरिसकेका छन् ।

पोडे आर्ट सोसाइटी, हङकङको सहकार्यमा यहि २६ फेब्रुअरी हङकङस्थित युन लङ थिएटरमा७ मार्चमा मकाउ कल्चर सेण्टरमा फिल्मको प्रर्दशन गरिने भएको छ । हङकङ प्रर्दशनमा फिल्मका निर्देशक लिम्बु, निर्माता गुरुङका साथै चिनिया फिल्मकर्मी समेत उपस्थित हुनेछन । मकाउमा भने गुरुड्ड (तमु) समाज मकाउ र नेपाली सोसल एशोशिएसन मकाउको आयोजनामा फिल्म प्रर्दशन हुनेछ ।