गणेश मगर
१५ फेब्रुअरी २०१७

नदेखिने त्यो जीबनको दृश्य लाई पच्छ्याउदै हिडेको पनि आज पत्तै नभै दुई दशक भएछ । अस्ति, हिजो, आज, भोलि, पर्सि भन्दाभन्दै दिन,हप्ता ,महिना ,बर्ष बितेको पनि पत्तै नहुदो रहेछ । आखिर यो दुई दिनको चोला कस्लाइ के थाहा भोलि के होला ?

साच्चै नै यो समय बितेको पनि कसैलाइ थाहा नहुदो रहेछ । आज सम्म मैले थाहा पाउन सकिनछु पराइ ठाउँ हङकङमा आएको पनि १४ बर्ष भएछ । यत्रो बर्ष को अन्तरालमा हङकङको नियम,कानुन ,रहन,सहन सँग लुकामारी गरेको पनि थाहै नहुने रैछ । त्यही भएर होला दिन रात नभनी गल्लिको बटुवा झै ब्यस्तता मै रमाउन बाँध्य छु म यहाँ । १४ बर्ष को अन्तरालमा मैले हङकङमा कहि मिलन कहि बिछोड को अनुभव सँगै मनमा पिर लुकाइ बाहिरीरुपमा मन्द मुस्कानले मुस्कुराउँनु जानीसकेछु । किनकी सुरुमा त मलाइ नि निकै गाह्रो भएको थियो यो बिरानो सहरको चलन,चल्ती सँगै, यहाँको हावा पानी सँग नाता साइनो गास्न लाई । म साच्चिकै नौलो थिए न त भाषा आउथ्यो न बोल्न सकिन्थ्यो । तर पनी मैले हार मानिन १४ बर्ष अघि आफू जन्मेको गाउँ ठाउँ लाई छोडी मन मा एक अठोट का साथ केही गर्ने सोच केही बन्ने जागर सँगै ती अधुरो सपनालाइ पूरा गर्ने लक्ष्य बोकेर आफन्त इस्ट मित्रहरूसँग बिदा मागी सम्झनाको कोशेली बोकी यो हङकङमा छिरेको थिए । फलस्वरूप मैले हङकङको Delia memorial school – hip- wo_ kwuntuong मा ४ बर्ष शिक्षा हासिल गर्ने मौका पाए र मैले आफुलाइ चाहिने शिक्षा हासिल गरे । बिडम्बना पढेर मात्रै के गर्नु यो स्वार्थ शहर जागिर खोज्न जादा आफ्नो मान्छे कोहि छ भने तु का तु राख्ने नत्र फोनको प्रतीक्षा गर्नु होला भन्दै टार्ने बानी उहिले देखि चली आएको चलन रहेछ । जस्को सिकार म पनि बन्न पुगे । त्यसैले होला कहिलेकाही समझदार बन्दै बाटो खोज्नु पर्ने कि त कायर सम्झदै बहाना रोज्नु पर्ने । आखिर यो पराइको सहर मा सुन्दो रैछ र कस्ले यहाँ अधुरो जिन्दगिको यात्राको कथा ? जहाँ पीडा, रिण, चिन्ता, तनाव ले भरिएको हुन्छ ब्यथा ।

थुइक्क ! मेरो कर्म अनि बुझनै गाह्रो पर्या जिन्दगी । हासोको पात्र झै निभाउनै सार्हो ,चुडिएको तार झै सारङ्गी । खै के हो के हो ठक्कर पाउँदा पनि मुस्कुराउनै पर्ने ,यहाँ अरु लाई पर्दा अघि सर्नु पर्ने र आफुलाइ पर्दा पछि सर्ने ? थुइक्क स्वार्थ दुनिया तैपनि म आफुलाइ कमजोरी ठान्दिन ।अघि बढेर देखाउनु छ यहाँ ।

जीन्दगीको गन्तव्य त निकै टाढा छ । तरपनी मलाइ जसरी हुन्छ आफ्नो गन्तव्य लाई चुम्नु छ । थाहा छ मलाइ सिढी उनीहरुलाइ मात्रै जरुरत हुन्छ जो घरको बलेसी देखि धुरी सम्म जान चाहन्छ ! तर मेरो गन्तव्य उडि छुनु चन्द्र हो , त्यहा कैयौं बाधा आइ लाग्न सक्छ हरेस नखाइ आफ्नो गन्तव्यमा मा चुम्नु छ । त्यो पनि थाहा छ मलाइ मैले लक्ष्यको बाटो आफै खन्नु छ गर्नु र पर्नु छैन मलाइ अब कसैको आशा बुझी सक्या छु मैले आफ्नो जीबनको परिभाषा । न त यसलाई कसैले रोकेर रोक्न सकिन्छ, न त यसलाई कसैले छेकेर छेक्नु सकिन्छ । जति सुकै टाढा नै किन नहोस मेरो लक्ष्य गन्तव्य म पुगेरै चुमेरै छोड्छु । त्यसैले होला आज म दिन रात नभनी बिहान सबेरै उठ्यो मुख धोयो तयारी भयो झोलामा भातको भाडो बोकेर गन्तब्यलाई पच्छ्याउदै काम मा पुग्छु सायद यो हङकङको गन्तव्य र लक्ष्य भन्नू यहि होकि क्या हो ?

मेरो काम भने कन्ट्रसक्सन मा हो ,लजाउदिन भन्नलाइ आखिर काम भन्या सानो ठुलो हुदैन । मान्छे हरु ले भनेको त सुनेको थिए जीवन को बाटो सरल र सजिलो अनि निकै सिधा हुन्छ रे फेरि मान्छेहरु नै सोझो र सरल अनि सिधा बाटो लाई छोडेर कैयौं घुम्ती मोडी कान्ला र भित्ता तिर लाग्छन र उनीहरुनै भन्छन “जीन्दगी त निकै अफ्ट्यारो रैछ ।”