मोहन भट्टराई
पथरी १५ फेब्रुअरी २०१७

गायक प्रकाश पहिम लिम्बुको नयााँ गीत “ मधुर त्यो तिम्रो बोलि ” बोलको गीत सार्वजनिक गरिएको छ । गीतलाई Valentine Day को अबसर पारेर tvNepali मार्फत सार्वजनिक गरिएको हो ।

गीतमा शब्द मनिष पौडेलको रहेको छ भने संगीत बीकेश साउदेनले दीएका छन् । यस गीतको छायाँङ्कन मोरङ, झापाका विभिन्न शुन्दर ठाँउमा गरिएको छ । उक्त गीतको छायाङ्कन तथा श्रीगार श्याम गिरिको रहेको छ ।

ईश्वर दुलालको सहायक निर्देशन रहेको उत्त गीतमा भानु खड्का र एलीसा बास्तोलाको अभिनय देख्न सकिन्छ । मात्रिका पौडेल र शिसिर बुढाथोकीको निर्देशनमा तयार पारिएको भिडियोलाई शिसिरले नै सम्पादन गरका छन् । यस गीतमा एकराज कार्की , बिवेक तीम्सीना र सोमनाथ भट्टराईको प्रोडक्सन रहेको छ ।

भिडियो हेर्नका लागि तलको लिकंमा क्लिक गर्नुहोस् ।