काठमाडौं, ६ फागुन । काठमाण्डौ टोखामा, पीडित कममला लामो समयदेखि जग्गा खरिद गरी आफ्नै निवासमा छोरा, बुहारी ,नाती, नातिनी सग बस्दै आएकी छिन् ।उनलाई पानीको नली छोइएकै निहुमा दलित भनि निर्मम कुटपिट भएको छ । टोखा, चण्डेस्वरी ,कोटाल वडा न ६ निवासी कमला नेपालीलाई यस्तो घटना हुन् पुगेको हो ।

रोजगारको शिलशिलामा उनका पति मलेसियामा छन् । गत फागुन ३ गते ४:३० बजे सोही गाउँ निवासी शान्ता केसीसंग पानीको निहुमा भनाभन भएपछि घटनाले ठूलो रुप लिन पुगेको हो ।
शान्ताले कमलालाई जग्गा बेचेकी थिइन् । घर भूकम्पले क्षति भएपछि शान्ताले कमलासँगै घर बनाइ बसेकी थिइन् ।
शान्ताले प्रयोग गरी पानीको नलीबाट चुहिएको पानी कमलाको परिवारले प्रयोग गर्दै आएका थिए । तर पछिल्लो समयमा शान्ताले आफ्नो धाराको नलीको पानी तल्लो जातभन्दै नदिने भन्ने गरेकोले बेला बेलामा भनाभन भै रहने गरेको स्थानीयको भनाइ छ ।
यहि विषयलाई लिएर शान्ताले कमलाकै घरमा आएर कुटपिट गरेको आरोप छ । कुटपिटपछि प्रहरीमा उजुरी नदिन केसी परिवारले गाउँलेलाई लगाएर दबाव दिएको रहस्य खुलेको छ ।
शान्ता र उनका पति सादुराम केसीले कमलालाई मिलेर बेहोस गर्ने गरेर कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते कमलाको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । घटनाका दोषीलाई कारबाही गर्नुको साटो टोखा प्रहरीले कुटपिट गर्ने महिलालाई छाडेर घटनालाई लुकाउन खोजेको पीडितको आरोप छ । पछि अधिकारकर्मीहरूले घटनालाई लिएर विरोध गरेपछि प्रहरीले केसी दम्पत्तिलाई हिरासतमा राखेर अनुसन्धान गरेको जनाएको छ ।
पीडितका आफन्त र परिवार न्यायको लागि चक्रपथ प्रहरी चौकीमा दलित तथा महिला अधिकारकर्मी सरु सुनारको बिशेष पहलमा फागुन ४ गते घटनाको विवरण चक्रपथ प्रहरी निरीक्षक टंकप्रसाद भट्टराईलाई जानकारी गराएका छन् ।
यसरी दलित र दलित महिलाहरु धारा , पानी ,पाइप छोइएको निहुँमा मरणासन्य हुनि गरी कुटपिट गर्नु नयाँ संविधान २०७२ ले निजी तथा सार्बजनिक ठाउँमा गरिने अपमान बिभेदलाई सामाजिक अपराध घोषणा गरेको सरुले बताइन ।