अनोज रोक्का
१७, फेब्रुअरी / २०१७
०७ औ अन्र्तराष्ट्रिय महिला दिवस, हङ्कङमा बिशेष हुने भएको छ । गैह्र आवासीय नेपाली संघ हङ्कङ र नेपाली महिला संघ हङ्कङको संयुक्त आयोजनामा तय गरिएको कार्यक्रमका लागि नवोबुद्ध आमा समूह, तमु एसोसियसन, मगर संघ, मोना हङ्कङ, संखुवासभा समाज हङ्कङ लगायतका संघसंस्थाहरुले पनि हातेमालो गरेका छन् ।

“वी वोल्ड फर चेन्ज” (परिवर्तनका लागि सक्षमता) नारा रहेको यस पटकको महिला दिवसमा नेपाल डिसेवल महिला संघकी एडभाईजर टिकादेबी दाहाल, चर्चित सदावहार गायक आनन्द कार्की, बहुप्रतिभाशाली मनोजकुमार चन्दका साथै स्थानीय प्रतिभाहरुको बेजोड प्रस्तुती रहनेछ । आईतबार जानकारी भेलाको आयोजना गर्दै महिला संघ हङ्कङले उक्त कुरा बताएको हो ।

अध्यक्ष टिका गुरुङ्का अनुसार कार्यक्रममा बर्ष महिला घोषणा, एडभाईजर टिकादेबी दाहालको स्पिच, गायक आनन्द कार्कीको सांगितीक प्रस्तुती, मनोजकुमार चन्दको म्याजिकल लेखनकलाका साथै मिस हङ्कङ, सेन्स अफ क्लिक मोडलिङ एजेन्सी, मिस मगर लगायतका समुहहरुबाट क्याटवाकका साथै विभिन्न मोडलिङ प्याजेन्टहरु प्रस्तुत हुनेछन् ।

कार्यक्रम यहि ५ मार्चका दिन याउमा तेई कम्युनिटी हलमा हुनेछ । निशुल्क प्रवेश रहेको कार्यक्रमबाट महिला मात्र हैन सम्पूर्ण हङकङेली नेपाली दर्शकहरुले भरपूर मनोरञ्जन लिने आयोजकको तर्क छ ।