अनोज रोक्का
१४ फेब्रुवरी,२०१६


नेपाली टच डट.कम.ले आयोजना गरेको भ्यालेन्टाईन फेस्ट २०१६ मा राजु लामा, कमल खत्री र आस्था रावतले हङ्कङेली दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका छन् । हङ्कङ स्थित यामाताई कम्युनिटी हलमा आयोजित कार्यक्रममा ‘आत्मामा तिम्रो आत्मामा’ भन्दै मञ्चमा उत्रिएका कमल खत्रीले लगातार आधा दर्जन प्रेममय गित गाउँदै दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरे । 

कार्यक्रमको मध्य भागमा ‘मेरो नेपाल’ भन्दै झुल्किएका राजु लामाले पनि आफ्ना सदाबहार प्रेममय गितहरु ‘बादलपारीको देशबाट’, ‘पर्खाईमा’, ‘तिमीलाई देखेर’ लगायत सुनाए । हङ्कङ्कै ब्याक अप ब्यान्ड द गोर्खाजसँग स्टेजमा उत्रिएका लामाले आधा दर्जन गितबाट दर्शकहरुको वाहवाही बटुले ।

आस्था रावतको अन्तिम प्रस्तुतीलाई पनि दर्शकहरुले खुलेर साथ दिए । ‘चौबन्दिमा’, ‘खै त मलाई झुम्के बुलाकी’, ‘मलाई कल्ले आट्ने’ हो लगायतका चर्चित गितसँगै दर्शकहरु रमाए ।

अस्ट्रेलियाबाट शुरुवात गरिएको नेपाली टच डट कमको विस्तार हङ्कङ् सम्म पु¥याईएको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । साखा प्रमुख मिलन गुरुङ् र बिनोद पुन भन्छन्— ‘हामी सारा नेपालीलाई एकै ठाउँमा जोड्ने छौ, पल पलको देश विदेशको सूचना मार्फत उहाँहरुलाई अपडेट गराउँनेछौ ।’

                                                                                                                                                                                                                               हङकङ् anoj.roka@gmail.com

सांगितीक प्रस्तुतीको क्रममा आस्था रावत

सांगितीक प्रस्तुतीको क्रममा आस्था रावत

सांगितीक प्रस्तुतीको क्रममा कमल खत्री

सांगितीक प्रस्तुतीको क्रममा कमल खत्री

सांगितीक प्रस्तुतीको क्रममा राजु लामा

सांगितीक प्रस्तुतीको क्रममा राजु लामा

दर्शकहरुको उत्साहप्रदक उपस्थिती

दर्शकहरुको उत्साहप्रदक उपस्थिती.