गणेश मगर २० फेब्रुवरी २०१७

“खै के सम्झेर मैले नानु तिमीलाइ यो मन दिए । अनि मेरो माया बाडे । आखिर नानु तिमी त रैछौ स्वार्थी ।”

आदितले ति दिनहरु सम्झे, जहाँ निस्वार्थ प्रेम थियो, आकर्षण भन्दा बढि विश्वास र आफ्नोपनको अनुभूति । उनीसँगको ति स्वर्णीमपल यसरी शुरु हुन्छ ।केही बर्ष पहिले जहाँ आदित ले नानुलाइ आफ्नै सम्झेर उनको तस्बिर लाई आफ्नो मन मा सजाउन पुग्छ । आदित को माया झुठो हैन साँचो र चोखो हुन्छ तर नानू लाई आदित को त्यो माया केबल एक अमिलो कागती पो बन्न पुगेछ, रस हुन्जेल स्वाद लिने रस सकेपछि कसिङ्गर मिकाए झै मिल्काउने । खै बुझ्नै गाह्रो भो ,निभाउनै साह्रो भो आखिर खै कस्तो माया गर्यौ यो आदित लाई, जहाँ मरुभूमि मा पानी ह्वाल्ल खन्याएको जस्तो । ए नानू आखिर स्वार्थी माया साट्ने रैछौ । किन आयौ निस्चल प्रेम बियोगी झै बनेर ? झुठो कसम खाने रैछौ आखिर किन आयौ सत्य सावित्री झै बनेर ? भनेकै थियो आदित ले तिमीलाइ म त केबल कुल्ची जाने धुलो न हु भनेर ।

थाहै थिएन मलाइ । बल्ल त जान्दै थिए पाएर तिमीलाइ । तर तिमी त मुखमा राम राम बगली मा छुरा भनेझै नानाथरी झुठो कसम खाइ चोरेउ यो मन । झुक्याउदै लग्यौ यो तन र क्षण भरमै मिल्काएउ आखिर किन नानु ? जे सुकै होस छोडी देउ बितेको पल । तर नानू यो बुझ्नु जरुरी छ तिमीले नि, यदि म इश्वर भएको भए सबै निस्वार्थ प्रेमी माया गर्नेहरुको निम्ति बिछोड हैन मिलन गराइ एक गरिदिन्थे ।
या त बिर्सनै नसक्ने दिल दिन्थे नत्र भने चोखो माया गर्ने हरुको निम्ति छुट्टै नियम कानुन बनाइ दिन्थे । के ! गर्छौ नानू आखिर म त मान्छे न परे । न त मैल्र तिमीलाइ खुसीनै दिन सके न त चोखो माया नै ? के गर्छौ नानु फुलभै सधै तिम्रो सामु फुलि रहन नि सकिएन, हरेस खाइ ओइली झर्न पनि सकिएन । त्यसैले त होला आज म एक्लो छु । तिमी बिना बाच्नुको अर्थ नै भएन । कायर बनी मरि जाउ भन्छु , मर्न कहाँ सजिलो रैछ र जहाँ मर्न पनि सकिन । फाटी सक्यो चारै तिर बाट यो मन । भताभुङ्ग भो सपना हरु , झुत्रा झुत्री सम्हाली सिउँन पनि सकिन । तिम्रै कारण नानू , बेसहारे भो मेरो जीवन । यसको केही टुङ्गो भएन । सिसा सरि फुटि जाउँ भन्छु ,आफ्नै सम्झन्थे तिमीलाइ त्यही भएर जान पनि सकिन । नानू बिझ्नै सकिन हाम्रो सम्बन्ध सधै त्यो नचल्ने घडी झै देखावटी समय को के अर्थ झै बनेछ । फेरि अतीत बनी टरि जाउ भन्छु ,त्यही पनि सकिन । किनकी नानू मैले तिमिलाइ साचो माया गरेको थिए । चोखो प्रेम गरेको थिए ।

हो ! नानू म त्यही आदित हँु अलिकति सोझो अनि घमण्डी थिए । तर मलाइ अन्यथा नसोच म त्यति लाटो पनि हैन र कुनै कायर अनि तिमी जस्तो स्वार्थी पनि हैन । मलाइ राम्रोसँग थाहा थियो कुनै सम्बन्ध भाडामा बसेको घर जस्तै हो ,त्यस्लाइ जतिनै मर्जिले सजाउ छु भन्दा नि हुदैन ।
हेर नानू रुन त मैलेनी जानेको थिए तर मेरो कमजोरीपन यो छकी म सँग आँसु लुकाउने खुबी भएर होला ! तिम्रो सामु सधै हसिलो देखिएको । यो नसोचकी तिमीले यो आदित लाई । आसा अझै मरेको छैन अनि यो आदित हारेको छैन । कायर पनि होइन । आफ्नो पन त सबैले देखाउदो रैछ , आफ्नो कोहो त्यो समयले नै बताउदो रैछ । फलस्वरूप मैले धोका पाए । नानू कति सजिलै भुलेछौ तिमीले ती बाचा कसम । ति बाचा, कसम त्यति बेला सम्म तिमीले कायम राख्यौ जति बेला सम्म तिमीलाई मैले तिम्रो स्वार्थपूर्तिको लागि पासपोर्ट र नागरिकता बनाईदिए ।

बल्ल थाहा भो हाम्रो जीवन भन्नू अनुभव को सङ्गालो रहेछ । हेर नानू आफ्नो मान्छे उहीँ हुन्छ जो हर दुख सुख मा रमाउछ , कैहिले काहीँ झर्कन्छ , रिसाउछ, ठुस्किन्छ अनि तिमी बाट टाढा हुन्छ तर मा कसम चोखो माया अनि निस्चल प्रेम भने गरि नै रहन्छ । तिम्रो आदित अन्योल मा पर्नु स्वभाबिक नै हो । किनकी चोटै चोट ले भरिएको जीबनमा सताउने नुन चुक छरी दियौ किन ? साँचो मनले माया गर्दागर्दै पनि स्वार्थी सम्झी छाडी गयौँ किन ? हरेस खाइ सक्या यो जीबनमा , झनै सताइ रहने याद हरु छाड्यौ किन ?
तर यो आदित तिमी जस्तो छैन नानू ! खै के भनौ मैले ? नानू मन मा जे सहि लाग्छ त्यही गर , कसैको मन नदुखाउ । तिम्रो जस्तै मन हो अरुको पनि । कसै सँग अँधुरो प्रेम नगर ,जब दिल टुट्छ नि तब मा कसम सारा सन्सारै अध्यारो हुदो रैछ ।

प्रेम आफैमा सर्वब्यापक छ, ह्दयको कुनाकन्दरामा बिजाईदिन्छ त्यो प्रेम जसलाई पाएको मनले अनुभूती गरिन्छ । तिमी सदासर्वदा धन्यवादको पात्र हुनेछौ कारण तिम्रो धोका र घातले मैले जीवन ज्यूने कला जाने, प्रेमको नौलो आयामलाई नजिकबाट नियाले ।