imageफागुन ८, धरान , के के सपना बुनेर गएकी थिएँ तर कहाँ फसेँ कहाँ, बचेर घर फकिन्छु भन्ने त आसै थिएन, यति भनिसक्दा उनी भक्कानिइन । नयाँ जीवन पाउँछु भनेर एक मनले पनि सोचेकी थिईन। उनको कहानी सुनेर नजिकै बसेकी आमा ताराको आँखामा पनि आँसु छचल्कियो ।
उनले छोरीको काँघमा टाउको राखेर मनको भारी बिसाइन । हसनपुर ४ भोजपुरकी १९ वर्षीया मनीषा राई तिनै युवती हुन, जसलाई दुई साताअघिसम्म पनि सकुशल स्वदेश फर्कने, आमाबाुसँग भेट हुने कल्पनै थिएन । गत असोजमा मानव तस्करी गर्ने दलालको फन्दामा परेर अवैध तरिकाबाट कुर्दिस्तान हुँखै इराक पुगेकी थिईन ।

मनिषाका अनुसार उनी दुबई जाने तर्खरमा थिइन्। तर, काठमाण्डौंको मिराकल म्यानपावर कम्पनीका एजेण्ट बमबहादुर गुरुङले सित्तैमा कुर्दिस्तान पठाइदिने प्रस्ताव गरे ‍। शुरुमा इन्कार गरेपनि सबै खर्च व्यहोरिदिने, कमाई राम्रो हुनेजस्ता प्रलोभन देखाएपछि उनी राजी भएकी थिइन् । राम्रो कम्पनीमा काम दिलाउने भने पनि कुर्दिस्तान पुगेपछि भने घरेलु कामदारकोरुपमा आफु बिक्री भएको उनले सुनाइन्। ‘बिहान ७ बजेदेखि राती २, ३ बजेसम्म काम लगाउने । खानाको टाइम नै थिएन, जतिबेला मन लाग्यो त्यतिबेला दिने । काम गर्दिन भन्दा कम्पनीको बोसले कुट्थ्यो’–उनले पीडा सुनाइन् ।

घरमालिकबाट यातना दिदै शारीरिक शोषण गर्ने प्रयास हुन थालेपछि घर फेरिन्। त्यहाँको कम्पनीले आफुलाई ५ हजार डलरमा घरमालिकलाई २ बर्षको लागि बिक्री गरेको हुनाले घर फेरिदिन माग गर्दा कुटपिट गर्ने गरेको उनले बताइन्। मनिषाका अनुसार एजेण्टले भनेको कम्पनी कुनै प्रोडक्सनको नभई युवतीहरु सप्लाई(बिक्री) गर्ने कम्पनी हो। त्यहाँ प्रेमिका तामाङ नाम गरेकी नेपाली युवतीले एयरपोर्टमा रिसिभ गर्ने र उसैले घरमा काम खोजिदिने एजेण्टको रुपमा काम गर्छिन् । कम्पनीले घरमा ४ देखि ५ हजार डलरमा २ बर्षे सम्झौतामा युवती बिक्री गर्छ । ‘त्यहाँ कुनै कम्पनी छैन रहेछ, हामी जस्ता युवती भेला पार्ने र घरमा बिक्री गर्ने गर्दो रहेछ । घर फेर्दा कम्पनीले पैसा फिर्ता गर्नुपर्ने भएकोले अर्को घरमा जान्छु भन्दा मान्दै मान्दैनन्’–उनले भनिन् । नेपाली युवतीहरुलाई एकआपसमा हेराहेर गर्नै नदिने भएकोले कुराकानी गर्न पनि नपाइने उनले सुनाइन् ।

मनिषाका अनुसार कठिन काम र यातनाले शुरुको घरमा ३ दिन, दोस्रो घरमा ३ दिन र तेस्रो घरमा १० दिन मात्र टिकिन् । चौथो घरमा २ महिना ६ दिन काम गरेपछि ६ सय डलर ज्याला लिएर घुम्न निस्किएको बहानामा एक सरो कपडा र ब्याग बोकेर भाग्न सफल भइन् । त्यहाँ भागेपछि उनी झन् असुरक्षित बनेकी थिए । सिन्धुपाल्चोककी एक युवतीको कोठामा एक महिना लुकेर बसेको बेला कम्पनीले कसैले फेला पारे ५ सय डलर पुरस्कार दिने भनेपछि नेपालीहरुले नै उनको खोजी गरेका थिए । नेपालका एजेण्टले आमाबुबालाई ५ लाख दिए मात्रै फकाईदिने भनेको थियो । सामाजिक सञ्जाल फेसबुकको परिवर्तनशिल सोच, माइण्ड एप्स नेपाल भन्ने ग्रुपका राम वियोगीले उनको पीडा बुझेर सहयोग गर्न आग्रह गरेका थिए । त्यसपछि मात्रै भोजपुरमा रहेका आमा बुबाले थाह पाएर माघ चौथो साता उद्दारको पहल गरिदिन भन्दै उनीहरु धरान आइपुगे । सामुदायिक प्रहरी सेवा केन्द्र, पौरखी नेपालको पहल र समाचार प्रकाशित भएपछि एजेण्ट गुरुङ मनिषालाई नेपाल झिकाउन बाध्य भएका थिए । ‘समाचार छापिएपछि किन पत्रिकामा गएको भन्दै धम्की पनि आयो, मनिषा फर्काइदेउ केही पनि हुदैन भन्यौं’–सेवा केन्द्रकी सदस्य विद्या देवानले भनिन् ।

मनिषाकी आमा ताराले आफ्नो छोरी आए पनि अरु थुप्रै नेपाली युवतीहरु अलपत्र भएकोले उद्दार गरेर फकाइदिन सरकारसँग आग्रह गरिन् । साथै, गैरकानुनीरुपमा युवती लैजाने एजेण्टलाई कानुनी कारबाही गर्न पनि माग गरिन् । ‘मेरो त छोरी आयो, खुशी छुँ । तर अरु पनि थुप्रै नेपाली युवतीहरु छन् रे, सरकारले ल्याइदिओस् । एजेण्टलाई पनि कारबाही होस्’–उनले भनिन् ।

असोजमा मानव तस्करी गर्ने दलालको फन्दामा परेर अवैध तरिकाबाट कुर्दिस्तान हुँखै इराक पुगेकी थिईन ।

बुनेर गएकी थिए, तर कहाँ फसे कहाँ।’–हसनपुर ४, भोजपुरकी १९ बर्षीय मनिषा राई यति भनि नसक्दै भक्कानिइन्–’नयाँ जीवन पाउछु भनेर एक मनले पनि सोचेकी थिइन।’ उनको कहानी सुनेर नजिकै बसेकी आमा ताराको आँखामा पनि आँसु छचल्कियो। उनले छोरीको काँधमा टाउको राखेर मनको भारी बिसाइन्। नागरीकबाट