२ मार्च २०१७
पुर्वी चिनको फुनिङ् हुदै जियाङ्सु प्रोभिन्स तर्फवाट वेगसंग आएको आधीको कारण सर्वसाधारणमा त्रासको वातावरण छाएकोछ।

उक्त प्रान्तमा पटक पटक गरि वेगसंग आएको आधीको कारण क्रेन भाचिनुसंगै रुखपात, फोहोर प्लास्टिक व्याग तथा फोहोर कुरा एकैसाथ उडाएको थियो। आधीले जियाङ्सु क्षेत्रमा एउटा टावर क्रेन भाचिदा २ जनाको घटना स्थलमानै मृत्यु भएको छ। घटना स्थलमा अन्य २२ जना घाईते भएको स्थानिय मिडियाले जनाएको छ।

उक्त आधि २४ घण्टा भित्र जियाङ्सु प्रान्तको सवै भेगमा पनि ठुलो असर गर्न सक्ने स्थानिय मौसम विभागले जनाएकोछ। चाईनाडेली न्युजबाट