२० फाल्गुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि तीनै तहको चुनाव अनिवार्य भएको बताएका छन्। सहिद वीरेन स्मृति प्रतिष्ठानको नवनिर्मित सामुदायिक भवनको शुक्रबार ज्यामिरगढीमा उद्घाटन गर्दै उनलेट्ठथानीय तहको चुनावको मिति घोषणा भैसकेको छ अब प्रदेश र से घीय चुनाब घोषणा गर्नुपर्ने बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले तीनै तहको चुनाव तालिका सार्वजनिक गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिइरहनुपरेको अवस्था रहेको बताउँदै १९ वर्षपछि हुन लागेको चुनाव अब कसैले रोक्न नसक्ने विचार व्यक्त गरे। ‘झापा विद्रोहलगायतका थुप्रै सङ्घर्षहरुको उपलब्धिलाई लोकतान्त्रिक संविधानको कार्यान्वयनमार्फत संस्थागत गर्दै मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने अहिलेको अवश्यकता हो र यसको नेतृत्व एमालेले गर्छ,’ उनले भने।

विसं २०२९ मा सुखानीमा सहिद हुनुभएका वीरेन राजवंशीको स्मृतिमा ज्यामिरगढी–३ मा अर्धकदको सालिकसहित रु ४९ लाखको लागतमा उक्त दुईतले सामुदायिक भवन निर्माण गरिएको हो। रासस