किसोर श्रेष्ठ
उर्लाबारी, फागुन / २२
छिल्लो समयका चर्चित संगीतकार राजनराज सिवाकोटीको संगीत तथा गायक गोपि दाहालको आवाजमा समावेश ‘सरर मिनी बस’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

हाल अमेरीमा बस्दै आएका आएका गायक गोपी दाहालले उक्त गीतलाई बजारमा ल्याएका हुन् । आमोश तामाङको एरेन्जमेन्ट रहेको गीतको भिडियोलाई राजीव के. श्रेष्ठले निर्देशन गरेका छन् । श्रेया कार्की र सुशान्तको अभिनयलाई देख्न सकिने यस भिडियोलाई ज्ञानेन्द शर्माले खिचेका हुन् भने सम्पादन माधव वेलबासेको रहेको छ ।

माया प्रेमका साथै रोमान्सलाई भिडियोमा उतारेको निर्देशक श्रेष्ठले जानकारी गराए । गीतको भिडियोलाई दर्शक स्रोताले मन पराउनेमा आफू विश्वस्त रहेको गायक दाहालले बताए । उनले भने “मेरा पुराना गीतहरुलाई झै यसलाई पनि दर्शकले माया गर्नेमा म ढुक्क छु” ।

गीतमा अल इन वान ग्रुपको कोरीयोग्राफी रहेको छ ।

भिडियो हेर्नका लागि तलको लिकंमा क्लिक गर्नुहोस् ।