किसोर श्रेष्ठ
उर्लाबारी, चैत १४
क्षय कोर्ष स्थापना तथा नयाँ वर्षको शुभकामना विषेश सांस्कृतिक कार्यक्रम २०७४ हुने भएको छ ।
संघिय लिम्बुवान कलाकार मंच केन्द्रिय कार्य समितिको आयोजनामा झापाको दमकस्थित सगरमाथा हलमा सास्कृतिक कार्यक्रम हुन लागेको हो ।

आगामी बैशाख २ कार्यक्रम हुने कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिका अध्यक्ष हरिराज खिम्दिङले जानकारी दिएका छन् । उनका अनुसार उक्त कार्यक्रममा पछिल्लो समयकी लोकप्रिय गायीका मेलिना राई, सुदिष्ट राई गायक कुसल थलुङ, बिनोद खम्बुको साथमा स्थानिय कलाकारहरुको पनि सहभागीता रहने छ ।

झापा, मोरङ र सुनसरीको गरी करीव ५सय दर्शकस्रोताको सहभागीता रहने अपेक्षा आयोजकले लिएको छ । कार्यक्रमको टिकट मुल्य ५ सय देखी ५ हजारसम्म रहेको छ । टिकट काट्नेहरु मध्यहरुबाट भाग्यशाली १ जनालाई स्मार्ट मोवाईल सेट उपहार समेत रहेको आयोजकले जानकारी गराएको छ । अध्यक्ष खिम्दिङको सभापतित्वमा हुने कार्यक्रमको प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्टिय मंचका अध्यक्ष कुमार लिङदेन रहने छन् ।