३ एप्रिल ।
रसियाको सेन्ट पेटरवर्गमा अन्डर ग्राउण्ड रेल स्टेसनमा बम पड्किएर कम्तिमा १० जनाको मृत्यु र ५० जना घाईते भएको समचार छ ।

रसियन सरकारी मिडियाले जनाएअनुसार मुख्य सहरको टेक्नोलोजी ईन्स्टीच्युट नजिक सेन्या, प्लोस्चाडमा ब्लास्ट भएको थियो।

बम पड्किएर घाईते भएकाहरु भुईमा लडिरह्का रेल स्टेसनको वरपर लासहरु छरपस्ट भएको देखिएकोछ।

राष्ट्रपति भ्लादिमीर पुटीनले घटना आतङ्कवादी संगठनले गराएको हुन सक्ने भन्दै तल्काल छानविन गर्न निर्देशन दिएको समचार छ ।