१५ अप्रिल,हङ्कङ,  भारतीय गोर्खा भूतपूर्व सैनिक संघले “भारतीय गोर्खा भूपू साँझ २०१७” को आयोजना गरेकोछ। 

उक्त कार्यक्रम सामाजिक अभियन्ता महावीर पुनको “राष्ट्रिय आविष्कार केन्द्र नेपाल” लाई आर्थिक सहयोग गर्न आयोजना गरिएको हो। 
नेपालका चर्चित गायक/गायिका शिव परियार,मिलन लामा,सरला राई,शर्मिला गुरुङ,शान्ति गुरुङ,सुजन तिलेगा,त्रिष्णा घर्तीमगर,डमप्रकाश पुन रहेकाछन । त्यसैगरि डान्सर आरुसी मगरको पनि बिशेष प्रस्तुतिमा रहने बताएकाछन।

 कार्यक्रम २८ मेको साँझ ७ बजेबाट युनलङ अडिटोरियम हलमा सम्पन्न हुने आयोजक संस्थाका अध्यक्ष जजिन चाम्लिङ राईले जानकारी गराएकाछन ।