इटहरी । काेशी राजमार्ग अन्तरगत सुनसरीकाे इटहरीस्थित हलगढामा एक यात्रुबाहक बस दुर्घटना हुदा अाधा दर्जन बढी यात्रुहरू घाइते भएका छन ।

दुर्घटनामा मानबिय क्षतीबारे पुरा बिवरण अाउन सकेकाे छैन । धरानबाट इटहरी तर्फ अाउदै गरेकाे को १ ख ३९१२ नम्बरको रानी सेवा नाम गरेकाे बस इटहरीकाे हलगढामा दुर्घटना हुन पुगेकाे हाे ।

दुर्घटनामा परेकाे बसभित्र ३७ यात्रुहरू रहेकाे र सबैकाे अवस्था सामान्य रहेकाे पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । घाइतेहरूकाे इटहरी स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटना के कारणले भएकाे हाे साे बिषयमा केही जानकारी प्राप्त भएकाे छैन । बस मुख्य राजमार्गकाे पूर्वपट्टी पल्टिएकाे छ ।