अनोज रोक्का
दबङ् टुरमा रहेका बलिउड सुपरस्टार सलमान खानले आईतबार हङ्कङ स्थित सेन्ट्रल हार्वरफ्रन्ट ईभेन्ट स्पेशमा धमाका मच्चाए । करिब १० हजार दर्शकका बीच सलमानले तेरा हि जलवा, प्रेम रतन धन पायो, नो ईन्ट्री, मुझसे सादी करोगी लगायत चर्चित गीतमा कम्मर मर्काए ।

हङ्कङमा पहिलो पटक आयोजना भएको विशाल बलिउड धमाकामा अर्का स्टार अक्षयकुमारले दर्शकहरुलाई सरप्राईज दिए । पोष्टर, विज्ञापन कहि पनि नदेखिएका अक्षयकुमार अचानक स्टेजमा देखिदा दर्शक खुसीले चिच्याएका थिए ।

कार्यक्रममा सोनाक्षी सिन्हा, प्रभु देवा, बादशाह, बिपासा बसु, डेजी शाह, मनिष पौल लगायतले निरन्तर ८ घण्टा दर्शकहरुलाई पर्याप्त मनोरञ्जन दिए । मंह्गो टिकट काटेर भएपनि कार्यक्रममा हङ्कङेली नेपालीहरुको उल्लेखमय उपस्थिती रहेको थियो ।