अनोज रोक्का
बैशाख १७ / २०७४

क्यारेक्टर ट्रान्सफरमेसन हरेक नाटक, फिल्मभित्र खोजिने शब्द हो । जव सिनेमा या नाटक हेरिन्छ दर्शकले प्रस्तुत गरिएको पात्र आफुमा पाउँछन् या भनौ फिल्मभित्रको कथामा आफ्नो वास्तविकता देख्छन अनि शुरु हुन्छ क्यारेक्टर ट्रान्सफरमेसन । वास्तवमा यो फिल्म मेकरको सफलता पनि हो ।

पत्रकार निर्देशक बनेको चलचित्र घामपानी वास्तवमै क्यारेक्टर ट्रान्सफरमेसन गर्ने चलचित्र बनेको रहेछ । हङ्कङ स्थित याउमा तेई कम्युनिटी हलमा फिल्म हेरिरहदा चलचित्रको कडा कटाक्ष समिक्षा गर्ने दिपेन्द्रको मौलिकता भित्र मैले आफुलाई भेटिरहेको थिए । फिल्म भित्रका पात्र, लोकेशन र लवाजमा नेपालीत्व पाईन्छ । विदेशी भूमिको कोलाहल र तिव्र प्रविधिसँग रमाईरहेको नेपालीहरुलाई आफ्नोपन दिलायो घामपानीले, जसलाई श्रृगार भरिदिए अभिनयका पौरखी पात्रहरुले ।
फुर्वा खै त ?
स्कुल गयो होला, मास्टर मान्छे ।
शनिबार कुन स्कुल पढाउँछ ह तेरो छोराले ?
ए आज त शनिबार पो हो हगी, त्यसो भए गयो होला नी तिम्रै छोरी लिन

गाउँका दुई प्रतिनिधी पात्र नेपाल बा र माईला जो ब्राह्मण र तामाङ् समुदायको प्रतिनिधीत्व गर्छन । फरासिला नेपाल बा र माईलाकोे पारिवारिक सम्बन्ध पनि सुमधुर हुन्छ, सँधैजसो चेस खेलेर रमाउँने दुई पात्रले एकअर्कालाई सम्धी भनेर सम्बोधन गर्छन । नेपाल बा का शहरिया छोरी तारा (केकी अधिकारी) र माईलाका शिक्षक छोरा फुर्वा (दयाहाङ् राई) जसरी बा हरुको मिल्दो दौतरी छ त्यस्तै उनीहरुको सम्बन्ध पनि सुमधुर हुन्छ । गाउँघरमा रमाईरहेको त्यो जोडीमा जव प्रेमको विजारोपण हुन्छ अनि शुरु हुन्छ कथामा द्धन्द ।

अन्तरजातीय विवाह नेपाली समाजमा स्विकार्य छैन् जातीय विभेदको कुजडमा फसेको समाज अनि त्यहि संस्कार पाएर हुर्किएका अभिभावकले प्रेमिल जोडीको मनोभावना भन्दा पनि आफ्नो बडप्पनका कारण देखाएको निर्णय नै घामपानीको खासियत हो । कथा सुनिएको भएपनि प्रस्तुतीले नौलो बनाएको छ । फिल्मका दृश्य अनि पटकथामा नेपाली समाज पाउन सकिन्छ । घामपानीले दुई फरक समुदायलाई जोडेको छ । फिल्मले मनोरञ्जनसँगै एकताको बृहतम पाठ प्रवाहित गरेको छ, जुन हेर्दा बोर लाग्दैन ।

ब्राह्मण समुदायकी तारा र तामाङ् समुदायका फुर्वाबीचको प्रेमलाई तगारो बनेका छन् असई अंकित खड्का । उनको अभिनयले फिल्मलाई अझ रोचक बनाएको छ ।

आम्मा मा कत्रो कत्रो हौ नानीहरुको…………….भारी ………………………………………………
गाउँघरको लवाजमा पटकथा भित्र घुसाईएका दुई अर्थी शब्दले ग्याल्मर्स प्रस्तुत गर्छ, जुन पटक्कै भल्गर लाग्दैन ।
प्रेम र प्राप्तिबीचको द्धन्द्ध नै घामपानीको मुल विषय हो । सरल कथा विषय र वास्तविकतालाई पर्दामा हेर्न लायक बनाएका छन् दिपेन्द्रले । फिल्म हेरुञ्जेल कहिपनि यो अर्काको कथा हो जुन फिल्मको लागि तयार गरिएको भन्ने नै लाग्दैन । हरेक पात्र, लोकेशन र बोलीले दर्शकलाई फिल्ममा समाहित गर्न बाध्य तुल्याउँछ ।

परम्परागत रुढीवादीतामा जेलिएको ब्राह्मण परिवार र खुल्ला दिलको तामाङ् समुदायको मिलनले सिङे जातीय एकता र सहिष्णुताको शन्देश दिएको छ । समाजमा सवैसँग मिलेपनि पारिवारीक सम्बन्ध कायम हुन लाग्दा सम्धी शब्दबाट समेत डराएका नेपाल बाले आफ्ना मिल्ने शखी माईलासँग पनि सम्बन्ध बिर्गाछन् । छोरीको खुसीलाई पर सारेर आफ्नो जातीय शुद्धतामा लागेका नेपाल बा र माईलाको ढिटले दर्शकलाई गजबको सरप्राईज दिन्छ ।

सवै पक्षबाट शुन्दर फिल्म घामपानीका पनि केहि कमजोरी छन् । फिल्ममा समावेश तामाङ् सेलो गीत गजबको बनेपनि कथामा छिटो प्रवेश गराएको भान हुन्छ । फिल्ममा प्रहरीको चरित्रलाई कानुन सम्मत भन्दा पनि ब्यक्तिको पछि कुद्ने धुर्तरुपमा प्रस्तुत गरिएको छ ।
फिल्मभित्रका पात्र र कुशल निर्देशकीय क्षमताले भएका कमजोरीलाई थाहै नपाई हराईदिन्छ ।

पत्रकारीताका धरणी दिपेन्द्र लामा अव दर्शकका प्रिय बनिसकेका छन् । उनीप्रति दर्शकले अझ नौलो स्वाद खोजिरहेका छन् । जात मिल्ने हैन, भात मिल्ने चाहिन्छ भन्दै सामाजिक सद्भाव फैलाउँने उनीबाट नेपाली चलचित्रले गतिलै आश गरेको छ ।