अनोज रोक्का
१७ बैशाख २०७४
हङ्कङको मल्टिप्लेक्स थिएटरमा पहिलो पटक कमर्सियल्ली नेपाली चलचित्र लप्पन छप्पन प्रर्दशन हुने भएको छ । बिहिबार जानकारी भेलाको आयोजना गर्दै आयोजक डिटु ईन्टरटेनमेन्टले उक्त कुरा बताएको हो ।

हङ्कङमा बर्षभरि दर्जनौ चलचित्र प्रर्दशन हुन्छन् तर सवै चलचित्र प्रोजेक्टरको सहायताले कम्युनिटी हलहरुमा देखाईन्छ, जसले गर्दा दर्शकले चलचित्रमा प्रयोग भएका टेक्नोलोजीको अनुभव गर्न पाउँदैनन् फलस्वरुप नेपाली चलचित्र क्वालिटी नभएको आरोप लाग्दै आएको छ । यसैलाई चिर्न र नेपाली चलचित्रको अन्तराष्ट्रियकरण गर्नका लागि स्थानिय मल्टिप्लेक्स थिएटरमा नेपाली चलचित्रको प्रर्दशन थालिएको आयोजकको दाबी छ ।

हङ्कङमा आयोजना हुने विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सवसहरुमा नेपाली चलचित्र मल्टिप्लेक्स हलमै लागेपनि कर्मसियल्ली लप्पन छप्पनको शुरुवात पहिलो हो । जसले अंग्रेजी, चाईनिज र समय समयमा लाग्ने हिन्दी फिल्मसँगै नेपाली स्वाद बोकेको फिल्मलाई पनि स्थापित गर्न सक्छ ।

“राम्रो, गुणस्तर र मिश्रित मनोरञ्जन प्रदान गर्ने कोशिस नै हाम्रो उदेश्य, प्रयास र चाहना” भन्ने मुल नाराको साथमा स्थापित डिटु ईन्टरटेनमेन्ट हङ्कङलाई कर्मथलो बनाएका युवाद्धय केन्जो राई र धर्मराज मगरले स्थापना गरेका हुन् ।

जि.एच. वाम्फो हाउस थिएटर, वाम्फो गार्डन ७ तक वन स्ट्रिट कौलुनमा यहि २ जुन २०१७ का दिन फिल्म प्रर्दशन हुनेछ । बेलुकी ९ : ३० बाट प्रर्दशन हुने फिल्मबाट दर्शकहरुले मनोरञ्जनसँगै नेपाली चलचित्रले टेक्निकल्ली मारेको फड्कोलाई पनि नजिकबाट महशुस गर्नेछन् ।

पैसा, पावर र प्रेमको थ्रिलर एक्सन रहेको चलचित्र मल्टि स्टारकास्टले भरिएको छ, पछिल्लो समय चर्चामा रहेका कलाकारहरु दयाहाङ् राई, सौगात मल्ल, अर्पण थापा, बर्षा सिवाकोटी लगायतको अभिनय रहेको फिल्ममा प्रकाशजंग शाह र सिद खरेललाई नयाँ अनुहारकोरुपमा देख्न पाईन्छ । डम्मर चन्दको प्रस्तुती मनोज भट्ट निर्देशित लप्पन छप्पन नेपालमा सफल प्रर्दशन भईसकेको छ ।

५० प्रतिशत छायाङ्कन स्विजरल्याण्ड, नेदरल्याण्ड, बेल्जियममा गरिएको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका छन्, भने फिल्ममा चन्द्र पन्तको एक्सन, सुरेन्द्र पौडेलको सम्पादन तथा दिपक आरजेको संगित रहेको छ ।
सस्पेन्स कथा र प्रस्तुतीले चर्चा कमाएको फिल्मले प्रवासी दर्शकको मन जित्ने पक्का छ ।

Pic by Black Pig Entertainment Hong Kong.