किशोर श्रेष्ठ
१७ बैशाख २०७४
उर्लाबारी / बरडङ्गा सडक खण्ड अन्तरगत मोरङको साविक राजघाट– ४ हालको उर्लाबारी– ७ गुरुङ टोलमा को १ ख ३५९३ नम्बरको बसले मे ३ प ३७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकलमा सवार दुई जनाको ज्यान गएको छ ।
 
दुर्घटनामा उर्लाबारी ८ चौधरी टोलको सुर्य बहादुर विक र उर्लाबारी ८ राई टोलका सागर रुचालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जानकारी दिएको छ ।
 
दुर्घटनाबाट गम्भिर घाइते भएका उनीहरुको स्थानीय अरनिको हस्पिटल लगिएको र उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताएका छन् ।