कोशेली संवाददाता
काठमाडौ १७ बैशाख २०७४

नवगायक विशाल रसिक राईको “ओइ कालीमाटी” बोलको गीत सार्वजानिक भएको छ । भिडियोमा मोडलिङ क्षेत्रमा निकै सम्भावना बोकेका मोडल ह्यारी योञ्जन र नायिका बर्षा शिवाकोटीको अभिनय रहेको छ ।

बिक्रम राईको संगीत र गायक स्वयमले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई दिनेश माङ्मुले कोरियोग्राफ गरेका हुन् ।  

काठमाडौंको कुमारीपाटी अवस्थित आईला रिसोर्टमा अधिकांश छायांकन गरिएको सो भिडियोको बाकीँ केहि दृश्यहरु भने  सिलौटी रिसोर्टमा गरिएको छ ।

भिडियो हेर्नका लागि तलको लिकंमा क्लिक गर्नुहोस् ।