किशोर श्रेष्ठ
उर्लाबारी, बैशाख १७

एक्सपोज नेपालको आयोजनामा राजधानीको कुपोन्डोलमा जारी मिस्टर नेपालमा मोरङ टाँढीका नवीन भट्टराई भोटिङ राउन्डमा पुग्न सफल भएका छन् । आगामी जेष्ठ २० सम्म चल्ने प्रतियोगितामा भट्टराई सहित ३० जना युवा भोटिङ राउन्ड प्रवेश गरेका हुन् ।

सानैदेखि मोड्लिङ प्रती विशेष चासो राख्ने उनी भबिस्यमा सफल कलाकार भन्ने चाहाना राख्छन् । ६ फुट उचाई भएका उनी बिबिएस प्रथम बर्षमा अध्यनरत छन् । विभिन्न मोड्लिङ प्रतियोगिता हरुमा सहभागिता जनाइसकेका उनी भविष्यमा एक सफल कलाकार बन्ने लक्ष्यका साथ यसै क्षेत्रमा निरन्तर आफ्ना पाइलाहरु अघि बढाइरहेको उनी बताउँछन् ।

आफ्ना अमुल्य भोट दिएर मिस्टर नेपालमा विजय गराईदिन उनले सबैसँग अनुरोध गरेका छन् । उनले भने – “मेरा सबै सपनाहरु तपाईको हातमा छ कृपया भोट् गरेर सहयोग गरीदिनु हुन अनुरोध गर्दछु ।” साथीभाईको हैसाला र परिवारको साथले गर्दा पनि मोडलिङ क्षेत्रमा लाग्न प्रेरणा प्रदान भएको उनको बुझाई छ ।

कलाकारिता क्षेत्रलाई नाम र दाम कमाउने माध्यमका रुपमा मात्र चित्रण गर्न नहुने सोच राख्ने उनी समाजमा घट्ने गरेका नकारात्मक घटनालाई सकारात्मक र उत्कृष्ट सोचसहित अभिनयमा उतारेर कलाकारिताको माध्यमबाट न्यूनिकरण गर्नमा मदत गर्दछ, त्यसैले यस क्षेत्रलाई उदार भावनाका साथ लिइनु पर्दछ ।

नविनलाई भोट् गर्ने म्यासेज बक्समा गएर MRN लेखेर एक स्पेस दिएर ३८ लेखेर ३३००१ म म्यासेज गर्नसकिन्छ ।