८ में २०१७, हङकङ । कोशेली एचके

हङ्कङको काउलन वे एम टी आर नजिकै एक २२ बर्षिय युवती बलत्कृत भएकि छिन।
गत सनिवार विहान १२:२५ बजे एम टि आर नजिककैको पुलको बाटो बाट घर हिडिरहेको थिईन।
सोही स्थानबाट सुरुमा उनको फ़ोन स्थानिय चाईनिज भाषा बोल्ने एक व्याक्तीले चोरी गरेर भागेको थियो।
लगत्तै गुहार मागेतापनि कोहि वरपर सहयोग गर्ने कोहि थिएनन । उक्त व्याक्तीले आफ्नो स्मार्ट फ़ोन लगेकोले पछ्याउदै जादा पुलबाट तल फुल राखिएको वेडमुनि लुकेर बसेको थियो ।
फ़ोन माग्नेक्रममा उक्त ब्याक्तीले आफुसंग भएको तारले वाधेर ३ घण्टासम्म वन्धक बनाएर राखेको थियो। साथै उनलाई अपराधीले आफुसंग छुरा भएको बताएको थियो। उनलाई बलात्कार समेत गरिएको कुरा हङ्कङ प्रहरीले स्रोतले बताएकोछ।
उक्त ब्याक्तीलाई प्रहरीले खोजिकार्य जारी राखेको छ।