बिगत २० वर्स देखी नेपाली सांगितिक जगतमा संघर्सरत गायक,संगीतकार,म्युजिक एरेन्जर तथा गिटारीस्ट आकाश गोर्खालीले आफ्नै निर्देशनमा बनाउनु भएको पुर्बेली लोक पप गीतको म्युजिक भिडियोले १ दिनमै ५० हजार भन्दा बढी दर्शक बनाउन सफल भएको छ । उक्त भिडियोलाई सङ्स नेपालले आफ्नो युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ । अहिलेका चर्चित युवा गीतकार डी पी खनालको शव्द तथा चर्चित युवा संगीतकार धनु ग्याङ्मीको संगीत रहेको उक्त गीतमा वरिस्ट संगीत सम्योजक चन्दु गोर्खालीले संगीत सम्योजन गर्नुभएको छ । संगीत र सोमियाको जीवन्त अभिनय रहेको मनोरन्जनात्मक उक्त भिडियोलाई  मेघराज मगरातीले छायाङ्कन तथा सम्पादन गरेका हुन । भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् …