एजेन्सी
१८ मेई २०१७

हृदयघातका कारण बलिउडकी चर्चित अभिनेत्री रीमा लागूको निधन भएको छ । हिजो छातिमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो तर आज बिहान पाँच बजे रिमाले अस्पतालमा अन्तिम स्वास लिएकी हुन् । 

रीमाले बलिउड र मराठी फिल्ममा काम गरेकी उनले सिरियलमा समेत काम गरेकी थिइन् ।सलमानसँग मात्र ११ वटा फिल्ममा काम गरिसकेकी उनले वास्तव, कुछ कुछ होता हे, झुठ’ जस्ता फिल्ममा पनि काम गरेकी थिइन् ।