Yeti_Airlines_Twin_Otterकाठमाडौं: पोखराबाट जोमसोम जाने क्रममा म्याग्दीको दाना गाविसको सोलीघोप्टे भीरमा तारा एयरको दुर्घटना भएकोबारेमा छानबिन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले छानबिन आयोग गठन गरेको छ । 
 
मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलीको अध्यक्षमा पाँच सदस्यीय आयोग बुधबार गठन गरेको हो ।
मन्त्रालयबाट गठित आयोगका सदस्यहरुमा नेपाली सेनाका महासेनानी दीपक बास्तोला, पाइलोट श्रवण रिजाल र वरिष्ठ इन्जिनियर रामप्रसाद कोइराला छन् । आयोगको सदस्य सचिवको जिम्मेवारी मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई दिइएको छ। 
 
मन्त्रालयले छानबिन आयोगलाई दुर्घटनाको कारण पत्ता लगाउन तथा आगामी दिनमा यस्ता घटना हुन नदिनेतर्फ अनुसन्धान गरी सुझाव दिन निर्देशन दिइएको छ । रासस