कोशेलीएचके संवादाता,
२४ फेब्रुवरी , हङकङको एबर्डिन कन्ट्रीपार्कमा शेर्पा किदुक समाज हङ्कङद्वारा आयोजना गरिएको लोसार कार्यक्रम सम्पन्न भएकोछ।
२१ फेब्रुवरी आईतवारका दिन सम्पन्न उक्त कार्यक्रम नयावर्ष २१४३ औ मेफोटेलो ( बादर बर्ष) न्याल्वो लोसार मनाईएको थियो । नयावर्ष र लोसारको अवसरमा एक अर्कामा शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो। कार्यक्रमको प्रमुख अतिथिमा बुद्धीष्ट गुरु भेन खेन्पो न्वाङ्ग थेक्चोक उपस्थित थिए।भने कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष पासाङ शेर्पाले गर्नु भएको थियो।

प्राकृतिक सुनिदर वातावरणमा सम्पन्न उक्त कार्यक्रम मा विभिन्न व्यक्तित्व, समाज सेवि , कलाकार वुद्धिजिवीहरुको वाकुलो उपस्थिती थियो। करिव १०० जनाको संख्यामा लोसार मनाउन उपस्थित मगनुभावहरुले कार्यक्रमहरु संगै विभिन्न परिकारको साथमा सेब्रु कल्चरल नृत्यको आनन्द लिएका थिए ।
कार्यक्रममा बुद्धीष्ट गुरु भेन खेन्पो न्वाङ्ग थेक्चोक द्वारा पुजा गरिएको थियो । बुद्धीष्ट गुरुले प्रवचन तथा नया बर्षको शुभकामना प्रदान गर्नुभएको थियो। कार्यक्रम संचालन समाजका सचिव एम के शेर्पाले गर्नु भएको थियो

image

बुद्धीष्ट गुरु भेन खेन्पो न्वाङ्ग थेक्चोकले प्रवचन दिनुहुदै

 

image

बुद्धीष्ट गुरु भेन खेन्पो न्वाङ्ग थेक्चोकको साथमा पुजा गर्नुहुदै

image

भिडियोकोलागि यहाँ क्लीक गर्नुहोला