१३ फागुन , काठमाडौं

 दाङको जिल्ला सदरमुकाममा तत्कालिन राजा त्रिभुवनको सालिक हटाएर ‘नेपालका प्रथम सहिद लखन थापामगर’को सालिक राखिएको छ । प्रथम सहिद लखन थापामगरको संचालित घोराहीको बजारमा अवस्थित एउटा पार्कमा राखिएको हो। 

पञ्चायत कालमा राजा त्रिभुवनको सालिक राखेर ‘त्रिभुवन पार्क’ नामकरण गरिएको थियो। माधव नेपाल प्रधानमन्त्री भएको बेला राजाको सालिक माओवादीहरुले आन्दोलनका क्रममा ढालेका थिए ।मगर संघ जिल्ला अध्यक्ष शीतलाल पुन मगरले यसबारे भनेका छन्, ‘लखन थापा नेपालका पहिलो सहिद हुन् सबै सहिद सम्मानका लागि हामीले उनको सालिक राखेका हौं । यदि लखनले ज्यानको बाजी नलगाएको भए हामीले प्जातन्त्र पाउने थिएनौं ।’ क्षेत्री समाज दाङले चाहिँ विज्ञप्ति प्रकाशन गरेर ‘इतिहास मेटाउन’ खोजेको भन्दै विरोध गरेको छ । अन्नपुर्ण पोष्टमा खवरछ