10660129_1696883760555687_7099001337719154734_n२७, फेब्रुवरी २०१६

बैशाख १२ को महाभुकम्प ले नेपालको ऐतिहासीक भिमसेन स्तम्भ ढालेपछि त्यो अहिले हाम्रो स्मृतिमा मात्र रहेको छ । नेपालको पहिलो प्रधानमन्त्री भिमसेन थापाले निर्माण गरेका धरहरा राजधानीको शिर जस्तै बनेर बसेको थियो ।

विडम्बना महाभुकम्पले धरहरा त ढल्यो नै दर्जनौ मानिसहरु समेत पुरिएर मरे ।

ऐतिहासिक धरहरालाई सम्झना गर्ने हेतुले अहिले धेरैमात्रमा चित्रकला,मुर्तिकला,काष्ठकला,धातुकला लगायतका क्षेत्रका कलाकर्मीहरुले धरहराको लाई क्यानभासमा उतार्ने तथा कुदेर बनाउने काम गरिएको पाइएको छ ।

यसै पक्षलाई मध्यनजर गर्दै नेपालको जेम्स् एण्ड ज्वेलरी क्षेत्रले पनि धरहरालाई आफ्नो कलामा उतार्न सफल भएको छ ।

नेपालको चर्चीत बराह ज्वेलरी इण्डष्ट्री प्रा.लि.ले चाादीको धरहरा निर्माण गरेर नेपाली गहनाकला क्षेत्रमा थप उदाहरणीय काम गरेको छ । ६ केजी चाादीबाट निर्माण गरिएको भनिएको उक्त चाादीको सुन्दर धरहरालाई बराह ज्वेलरीका मानबहादुर वि.क दियालीले आफ्नो फेसबुकमा पोष्ट गर्नुभएको छ ।

निकै मेहेनतको साथ बराह पाटन औधोगिक क्षेत्रका कालिगढ र इन्जीनियरहरुले तयार पारेको जानकारी दिइएको छ । नेपालको भत्किएको पुरातात्विक धरोहरलाई गहनाकलाको क्षेत्रबाट स्मरण गराउने अग्रसर भएको बराह ज्वेलरीको यस अवधारलाई सवैले प्रसंसा गनुपर्ने देखिन्छ । आभुषण साप्ताहिक