प्रस्तुत–अनोज रोक्का
जनवरी ३०, २०१६


अभिनयको क्रममा कलाकारहरु

अभिनयको क्रममा कलाकारहरु

एक दर्जन बढि भिडियो र फिल्मको निर्देशन गरि, पूर्वमा आफ्नो नाम स्थापित गर्न सफल हेमन योञ्जनले नयाँ भिडियो सार्वजनिक गर्ने तयारी गरेका छन् । ‘जब देख्छु म तिमीलाई, बिर्सन्छु आफैलाई’ भन्दै निर्देशक हेमनले मोडलद्धय बर्षा श्रेष्ठ र जीवन शकंर सिवीलाई अभिनय गराएका हुन । रचना स्वर र संगित प्रबिन राईको रहेको गितमा भिडियो सुमन योञ्जनले खिचेका हुन् भने जोनी योञ्जनले एरेन्ज गरेका छन् ।

यहि हप्तामा रिलिज  गरिएको भिडियो निर्देशक स्वयंमले सम्पादन गरेका हुन् । ।
पूर्वका पर्यटकिय स्थानहरुमा छांयाङ्कन गरिएको भिडियोबाट धेरै अपेक्षा गरेको निर्देशक हेमन बताउँछन्, भन्छन्– “अन्य भिडियोको तुलनामा मैले यसमा नयाँपन दिने प्रयास गरेको छु ।
नेक्स्ट टप मोडलको विजेता बर्षा श्रेष्ठको उत्कृष्ट अभिनयकला लाई भिडियोमा उतारिएकाले पनि बढि उत्साहित छु ।”
12637418_1112814985396260_466127473_oकोशी भिजन फिल्म प्रा.लि.को पोष्ट प्रडक्सन रहेको भिडियो, मोफसलका च्यानलहरु सँगै राष्ट्रिय स्तरका च्यानलहरुमा पनि प्रसारण गर्ने तयारी गरिएको छ ।
लामो समय भिडियो सम्पादनमा ब्यक्तित गरेका हेमनको कोशी भिजन होम प्रडक्सन सेन्टर हो ।
भिडियो निर्माण निर्देशन गर्नका लागि पहिले आवश्यक ज्ञान हासिल गर्न आवश्यक रहेको सुझाउँछन् हेमन, भन्छन्– ‘अहिले भिडियो निर्माणमा बाढि आएको छ, जो पनि निर्देशनमा होमिएका छन् यसले परिणाम मात्र बढाउँछ गुणस्तर हैन ।’
छोटो समयमा गितको थिम भित्र रहेर चरित्रलाई कथानकतामा ढाल्नका लागि भिडियोको निर्माण गरिन्छ जसले दर्शकलाई गित सँगै बाध्य सकोस ।

हामीले त्रिकोणात्मक प्रेमकथालाई रमाईलो पारामा प्रस्तुत गरेका छौ निर्देशक हेमन बताउँछन् ।

 

निर्देशक हेमन योञ्जन

निर्देशक हेमन योञ्जन

 भिडियो हेर्नका लागि तलको लिकंमा क्लिक गर्नुहोस । 
 https://www.youtube.com/watch?v=IuD6wjiLyao