बालकृष्ण अधिकारी

indexकाठमाडौं-नेपाली कांग्रेकका नेताहरु महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा जुटेका छन् आइतबार बिहान देखि राष्ट्रिय सभा गृहमा हुने निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न सभापतिका तीनै जना प्रत्यासीहरु अन्तिम कसरतमा जुटेका हुन ।

सभापतिका प्रत्यासी कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला महाधिवेशन प्रतिनिधिलाई प्रभावित गर्न सक्रिय छन् । 

 
आइतबार बिहान ८ बजे देखि राष्ट्रियसभा गृहमा नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएपछि सभापतिका तीनै प्रत्यासी निकटहरुको साथ लिगेर प्रतिनिधिहरु तान्ने कसरतमा छन् ।

निकट नेताहरु मार्फत महाधिवेशन प्रतिनिधिहरुलाई प्रभावित गर्न सक्रिय भएका छन् । संस्थापन पक्षको भोटलाई एकत्रित गरेर कार्यवाहक सभापति पौडेल आइतबार नै निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न लागि परेका छन् । क्षेत्रीय अधिवेशनबाट संस्थापन पक्षको १८सय महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आएको दावी पौडेल निकट एक नेताले भने, ‘हामी स्पष्ट बहुमतमा छौ ।’

पहिलो चरणमा निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न नसके दोस्रो चरणको निर्वाचन आफ्ना लागि सहज हुने बुझाइ पौडेल निकट नेताहरुको छ । संस्थापन पक्षबाट नै सभापतिका प्रत्यासी बनेका सिटौलाले धेरै भोट नल्याउने पौडेल निकट नेताहरुको बुझाइ छ ।

सभापतिका प्रत्यासी कार्यवाहक सभापति पौडेलले आफ्नो जित निश्चित भएको दाबी गरे । पार्टी वरिष्ठ नेता शेरबहादुर देउवासँग सभापतिमा प्रतिस्पर्धा हुने आकलन गर्दै पौडेलले महाधिवेशनका लागि भृकुटीमण्डपमा तयार पारिएको मिडिया सन्टेरमा सञ्चारकर्मीहरुसँग भने, ‘प्रचारमा जाँदा चुनाव जितेर स्वागत खान गएको जस्तो भयो । म निकै उत्साहित छु ।’

उनले महाधिवेशनका प्रतिनिधिहरुले पनि पार्टीलाई बचाउने, अघि बढाउने व्यक्तिलाई नै नेतृत्वमा छान्ने अपेक्षा लिएको बताए । ‘पार्टी कसरी बच्छ र अघि बढ्छ, पार्टीले कसरी देशको दायीत्व बहन गर्छ, कसरी पार्टी सवल र सफल हुन्छ’ उनले भने, ‘मुल मर्मलाई कसरी बचाउन सक्छौं त्यो विषयलाई ध्यान दिएर मतदान गर्नु हुन्छ भन्ने अपेक्षा लिएको छु ।’

प्यानलसहित प्रतिस्पर्धामा भैरहेको कांग्रेसमा ३ सय १२ जना उम्मेदवार रहेको छन् । पार्टीभित्र नेतृत्वका लागि प्यानलसहित भैरहेको प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यास भन्दै पौडेलले पवित्र ढंगले अभ्यास गरेर दुनियाँलाई देखाउन आग्रह गरे ।

‘हामी महाधिवेशनमा लोकतान्त्रिक अभ्यास गरिरहेका छौं । पवित्र ढंगले लोकतान्त्रिक अभ्यास होस भन्ने चाहान्छौं’ पौडेलले भने, ‘दुनियाँलाई राम्रो दृष्तान्त दिन सकै भन्ने चाहान्छौं ।’

पौडेलले प्रजातान्त्रिक अभ्यास गर्दा धैर्य र संयम कसैले गुमाउन सक्ने भन्दै त्यसतर्फ सावधान रहन आग्रह गरे ।

पार्टी वरिष्ठ नेता देउवा संस्थापनभित्रको विवादको फाइदा उठाउँदै पार्टी नेतृत्व आफ्नो पक्षमा पार्ने तयारीमा जुटेका छन् । पौडेल र सिटौलासँग असन्तुष्ट केही नेतालाई आफ्नो पक्षमा पारेपछि देउवा पक्ष उत्साहीत छ । तर, देउवा पक्ष ५१प्रतिशत मत पु¥याउन सक्रिय रहेको एक नेताले बताए ।पहिलो चरणमै परिणाम आफ्नो पक्षमा पार्न नसके दोस्रो चरणको निर्वाचन देउवाका लागि कठिन हुने उनीहरुको विश्लेषण छ ।

देउवा निकट नेता विमलेन्द्र निधिले पार्टीको नयाँ नेतृत्वमा देउवा निर्वाचति हुने दाबी गरे । विगतमा दिवंगत सभापति सुशील कोइराला निकट रहेका नेताहरुको समर्थन देउवालाई रहेको दाबी गर्दै निधिले भने, ‘शेरबहादुरजी सभापतिमा जित्नु हुन्छ ।’

दिवंत सभापति कोइराला निकट श्याम कुमार घिमिरे, अर्जुन प्रसाद जोसी, कुलबहादुर गुरुङ, गोविन्दराज जोसी फर्मुल्ला मन्सुरसहितका नेताहरुको समर्थन देउवालाई रहेको बताउँदै निधिले भने, ‘उहाँको पक्षमा मोहोल बनिसकेको छ । सभापतिको टुंगो आइतबार नै लाग्छ ।’

सभापतिका अर्का प्रत्यासी सिटौलाल भने सभापतिको निर्वाचन दोस्रो चरणमा पु¥याउने रणनीतिमा छन् । कार्यवाहक सभापति पौडेलको भनदा बढि भोट ल्याउने दाबी गर्दै आएका सिटौला निर्वाचनलाई दोस्रो चरणमा पु¥याएर आफ्नो उम्मेदवारी पुष्टी गर्ने रणनीतिमा छन् ।

तर,सिटौलाले सिंगो राष्ट्रले नेतृत्व परिर्वतन खोजेको बताउँदै आफ्नो उम्मेदवारी त्यसकै लागि भएको दाबी गरे । परिर्वतनको चानालाई महाधिवेशन प्रतिनिधिहरुले राम्रोसँग बुझेको बताउँदै सिटौलाले भने, ‘त्यही परिर्वतनको चानालाई नेतृत्व गर्दै मेरो उम्मेदवारी हो ।परिर्वतनको चाहनालाई साकार बनाउन मेरो प्यानलको पक्षमा अधिकतम मत पर्नेछ ।’

परिर्वतनकारी पार्टी नेता तथा कार्यकर्ताले आफ्नो प्यानललाई निर्वाचति गराउने दाबी गर्दै सिटौलाले भने, ‘मेरो प्यानललाई नै साथीहरुले निर्वाचित गराउनुहुने छ भन्ने मैले पुरा विश्वास लिगेको छु ।’

यसैबीच, विभिन्न देशबाट महाधिवेशनमा सहभागी हुन आएका जनसम्पर्क समितिका प्रतिनिधि कार्यवाहक सभापति पौडेल र वरिष्ठ नेता देउवाको पक्षमा विभाजित बनेका छन् । पौडेल र देउवानिकट प्रतिनिधिले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी सर्मथन गरेका छन् ।

अमेरिका, अष्ट्रेलिया, स्पेन, बेलायत, कतार दक्षिण कोरिया, नेदरल्याण्ड, जापान, जर्मनी, बेल्जियम र यूरोपका महाधिवेशन प्रतिनिधिहरुले आफूहरु कार्यबाहक सभापति रामचन्द्र पौडेलको पक्षमा रहेको स्पष्ट पारेका छन् । जनसम्पर्क समिति अमेरिकाका कृष्ण सुवेदीले निष्ठाको राजनीतिलाई काग्रेसमा स्थापित गर्न पनि रामचन्द्र पौडेलको विकल्प नरहेको दाबी गरे । बेलायतका महेश दाहाल, जापानका चिरिञ्जिवि थापा, कोरियाका नवराज सिवाकोटी, बेलायतका विश्व आर्दश पण्डित, यूएईका चित्र केसी, डेनमार्कका नवराज आचार्य, नेदरल्याण्डका दिपक रेग्मी लगायतकाले पौडेलको उम्मेदवारीको पक्षमा आफूहरु रहेको स्पष्ट पार्दै कुनै भ्रम नपाल्न आग्रह गरेका थिए ।

त्यस्तै, अमेरिका, बेलायत, कतार दक्षिण कोरिया, नेदरल्याण्ड, जापान, जर्मनी, बेल्जियम र यूरोपका महाधिवेशन प्रतिनिधिहरुले गतिशिल नेतृत्व र परिवर्तनको लागि देउवालाई आफ्नो समर्थन रहने स्पष्ट पारे । जनसम्पर्क समिति जर्मनीका दिल गुरुङले जनसम्पर्क समितिबाट १२६ महाधिवेशन प्रतिनिधि रहेकोमा ८० प्रतिसत भन्दा बढीको समर्थन देउव पक्षमा रहेको दावी गरे । उनले भने,’ रामचन्द्र पौडेल प्रधानमन्त्री र देउवा सभापति बन्नु पर्छ ।’ दक्षिण कोरियाका गिरीराज कुँवरले आफूहरु प्रारम्भमा कुनै पक्षमा नरहे पनि नेपाल आएपछि पार्टीलाई क्रियाशिल बनाउन शेरबहादुर देउवाको आवश्यकता महसुस गरेर अरु जनसम्पर्क समितिको आग्रहमा आफूहरु पनि समर्थक बनेको बताए ।

 

यस्तो छ निर्वाचन तयारी

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको नयाँ नेतृतव चयनका लागि आइतबार बिहान ८ देखि ४ बजेसम्म मतदानको समय तोकेको छ । नेतृत्व चयनका लागि ३१सय ६१ महाधिवेशन प्रतिनिधिहरुले विकास क्षेत्रको आधारमा मतदान गर्ने छन् । पाँच विकास क्षेत्रबाट पाँच बुथ बनाएर निर्वाचन गराउने तयारी भएको जानकारी दिंदै निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले भने, ‘सभापति, महामन्त्री र कोषाध्यक्ष, प्रदेश, खुला र आरक्षण सिटका लागि छुट्ट छुट्टै मतपत्र र मतदान गर्ने स्थान मिलाएका छौ ।’

निर्वाचन सकिए लगतै सभापतिको मात्र तुरुन्तै मतगणना सुरु गर्ने जानकारी दिंदै भने, ‘राष्ट्रिय सभा गृहमा नै सभापतिको मतगणना गर्छौ ।’ पहिलो चरणमा सभापतिको टुंगो लाग्न नसके सोमबार दोस्रो चरणको निर्वाचन गराउने तयारी रहेको उनले जानकारी दिए ।

सभापति बाहेक अन्यको मतगणना भने पार्टी केन्द्रीय कार्यालय सानेपामा गरीने उनले जानकारी दिए । पार्टीको नयाँ नेतृत्वका लागि तीन सय १२ प्रतिष्पर्धामा छन् ।

कार्यान्वयनको नेतृत्व लिने प्रतिज्ञा

महाधिवेशनले संविधान कार्यान्वयनको नेतृत्व लिने प्रतिज्ञा गरेको छ । बिहीबारबाट राजधानीमा जारी कांग्रेस महाधिवेशनको शनिबार सम्पनन बन्दसत्रले सबै राजनीतिक दलहरुलाई समेटेर संविधान कार्यान्वयनमा लैजाने उद्घोष गरेको हो । संविधान निर्माणमा जस्तै कार्यान्वयनको नेतृत्व पनि कांग्रेसले नै गर्ने जनाउँदै तराई÷मधेसका समस्याहरुलाई पनि सम्बोधन गगर्ने जनाएको छ ।

‘संविधान निर्माणमा जस्तै कांग्रेस सबै राजनीतिक दललाई समेटेर संविधान कार्यान्वयनमा जुट्ने छ,’ कार्यवाहक सभापति रामचन्द्र पौडेलले पत्रकार सम्मेलनमा भने, ‘संविधानले कल्पना गरेका एने, कानुन र अन्य संरचनाहरु निर्माणको नेतृत्व हामी नै गर्छौ ।’

कांग्रेसले नीति तथा कार्यक्रममाथीको छलफलाई कर्मकान्डी र बैधानीकतामा मात्र सिमित गरेको छ । शनिबार बिहानबाट नीति तथा कार्यक्रम, महामन्त्रीको प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन माथि छलफल थालेको कांग्रेसले साँझ तीनवटै प्रतिवेदनहरु पारित गरेको छ । २२ जिल्ला सभापतिसहित झन्डै तीन दर्जन महाधिवेशन प्रतिनिधि मात्र छलफलमा सहभागि रहेको बन्दसत्रमा आएका सुझावहरुलाई समेट्ने गरी प्रतिवेदन पारित भएको कार्यवाहक सभापति पौडेलले जानकारी दिए । ‘निकै शान्तिपूर्ण ढंगबाट प्रतिवेदनहरु छलफलहरु सम्पपन्न भएको छ,’ उनले भने, ‘सुझावहरुलाई समेटेर प्रतिवेदन परिमार्जन हुनेछ ।’

महाधिवेशनपछि पार्टी लिने नीति तथा कार्यक्रममाथि बन्दसत्रमा छलफल भइरहँदा महाधिवेशन प्रतिनिधि र पार्टीका नेताहरु भने निर्वाचनको प्रचारमा जुटेका देखिन्थे

६३ले लिगे र्फिता

पार्टीको १३औं महाधिवेशनबाट पार्टी केन्द्रीय समितिमा पुग्न उम्मेदवारी दिएका ६३ जनाले मनोनयन र्फिता लिगेका छन् । उम्मेदवारी र्फिताका लागि निर्वाचन समिले मध्यान १२ बजेसम्म दिएको समयभित्र ६३जनाले मनोनयन र्फिता लिगेका हुन ।

सभापति, महामन्त्री, कोषध्यक्षसहित ६४ पदका लागि तीन ७५ जनाले शुक्रबार नेतृत्वका लागि उम्मेदवारी दिएका थिए । आइतबार बिहान ६४ पदका लागि हुने निर्वाचनमा ३सय १२ जना प्रतिष्पर्धामा रहेको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

सभापतिका प्रत्यासी कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले निकट नेताहरुलाई उम्मेदवारी र्फिता लिन गरेको आग्रहलाई मान्दै केन्द्रीय सदस्यका प्रत्यासीहरुले नाम र्फिता लगेका हुन । शुक्रबार राती नै केन्द्रीय सदस्यको प्यानल टुंगो लगाएको देउवा पक्षले शनिबार बिहान निकट उम्मेदवारहरुलाई मनोनयन र्फिता लिन आग्रह गरेका थिए ।

पार्टी नेतृत्वसहित तीन पदाधिकारी, छ महिला, पा”च जनजाति, पा”च दलित, पा”च मधेसी र एक मुस्लिम, सात प्रदेशबाट १४ र खुल्ला २५ सहित ६४ जना महाधिवेशनले चयन गर्नेछ । ८५जनाको केन्द्रीय समितिमा २१ जना मनोनयन गर्ने व्यवस्था छ ।

नागरिक दैनिकबाट