टर्कीको राजधानीमा अर्कों कार बम हमला कम्तिमा ३४ जनाको मृत्यु!

एजेन्सी,१३ मार्च

टर्कीको राजधानीमा अर्कों कार बम हमला भएको छ।  आईतवार भएको उक्त हमला यहि महिना भित्र दोस्रो पटक भएकोहो। घटनामा ३४ जनाको मृत्यु र अन्य १२५ जना घाईते भएको टर्कीका स्वास्थ्य मन्त्रीले जनाएकाछन। 

स्थानिय समय १८:४५ मा बम जडान गरिएको कारले सिटी बसलाई ठक्कर दिएपछि घटना भएको हो। घटना सरकारी कार्यालय , अदालत परिसर अंकारा डाउनटाउनको गुभान पार्क नजिक भएको थियो।
 प्रहरीले घटनास्थल वरिपरीको पसल , स्टोर तथा रेस्टुरान्टहरु तत्कालकालागि वन्द गराएको छ।घटनाको प्रकृति हेर्दा मृतकको संख्या बढन सक्ने सम्भावनाछ।