अनोज रोक्का

याउ चिम मोङ् जिल्ला प्रहरी कार्यालय हङ्कङले “प्रहरी, समुदाय भेला २०१६” को बार्षिकी उद्घाटन कार्यक्रममा हङ्कङमा रहेर नेपालीहरुको लागि बिभिन्न किसिमको अभियान र कार्यक्रमहरु सञ्चालन गर्ने तीन नेपाली संस्थाहरुलाई सम्मान गरेको छ ।

क्वाई फङ् हलमा आयोजित कार्यक्रममा प्रहरीका उच्च पदस्थ अधिकृतहरुले नेपालीहरुको बीरता र ईमान्दारिताको सम्मान गर्दै “गे्रटफुल एप्रिसियसन लेटर” प्रदान गरेको हो ।

विभिन्न आकर्षक प्रस्तुती सहित आयोजित कार्यक्रममा हङ्कङ् एकिकृत नेपाली समाज (हिन्स) का अध्यक्ष बिनय शाह, एन. आर.एन हङ्कङका अध्यक्ष ललित आङ्बुहाङ्, हङ्कङ् नेपाली महासंघका अध्यक्ष रिता गुरुङ्लाई उक्त सम्मानपत्र प्रदान गरिएको हो ।

हङ्कङ्मा रहेका नेपालीहरुलाई एकिकृत गर्ने र स्थानीय समाजको मूलधारमा समायोजन गर्न उदेश्य लिएर स्थापना गरिएको संस्था हिन्सले स्थापना कालको तेश्रो बर्ष सन् २००६ देखी हङ्कङ् गृहमामिला विभागद्धारा प्रायोजित “नेपाली समुदाय सहयोग टिम” को सञ्चालन गरिरहेको छ, भने एन.आर.एन. हङ्कङ र हङ्कङ नेपाली महासंघले नेपाली समुदायका समस्या समाधान, सुचनामूलक जानकारी, हङ्कङको स्थानिय निकायसँग समन्वयका साथै नेपालका विभिन्न प्रकोपमा सहयोगात्मक भूमिका निर्वाह गरिरहेको छ ।

हङ्कङ्मा