अनोज रोक्का

Bhupal one
एल्बम “ब्यथा” भित्रको ‘सपनीमा आउँने परी’ भन्ने गितको निर्देशन मोफसलका चर्चित निर्देशक भूपाल वान्तवा राईले गरेका छन ।

यम बरालको स्वर रामहरि अर्यालको रचना र शक्ति बल्लभको संगित रहेको गितलाई सुमन अधिकारीले खिचेका हुन् ।

झापाको दमक आसपासमा छायाङ्कन गरिएको भिडियोमा युवा अवस्थाको माया, प्रेमको भावनालाई उत्कृष्ट ढङ्ले प्रस्तुत गरिएको छ । भिडियोमा नौलो प्रयोग नभए पनि दर्शकलाई आफ्नै कथा लाग्ने दृश्यहरुको संयोजन गरेको निर्देशक राई बताउँछन् ।

अन्य भिडियोको तुलनामा हरेक पक्षमा मेहनत सँगै प्रविधिमा पनि सुधार गरिएको छायाङ्कार सुमन बताउँछन् ।

चाँडै नै यु टयुव च्यानल भिडियो कोशी मार्फत सार्वजनिक गर्ने तयारी गरिएको भिडियोमा अभि चौधरी, निमा तामाङ्, सविन खवास, रोजि मगरले मोडलिङ् गरेका छन् ।

Bhupal three